• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

उपेन्द्र सुब्बाको छोरीलाई डिएभी स्कुलले फेल भएको भन्दै पढाइ छाड्न दबाब दियो

64x64
समर्पण श्री मंगलबार, वैशाख ५, २०८०  २१:३८
1140x725

काठमाडौं– कवि तथा फिल्म ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाले सोमबार साँझ फेसबुकमा एउटा स्टाटस लेखे।

आफ्नी माइली छोरीको पढाइलाई लिएर जाउलाखेलस्थित डिएभी सुशील केडिया विश्व भारती स्कुलले गरेको अपमानजनक व्यवहारबारे उनले गुनासो पोखेका छन्।

उपेन्द्रकी छोरी अहिले कक्षा ९ मा पढ्छिन्। विद्यालयले लिएको परीक्षामा उनको कम नम्बर आयो। विद्यालयले पढाइ कमजोर भएका कारण देखाएर छोरीलाई स्कुल परिवर्तन गराउन दबाब दिएको उनले बताए।

‘आमा र छोरी उप–प्रधानाध्यापकको कोठामा पस्ना साथ यसको बुवा खै? किन नआएको भनि सोधियो रे। नानीको आमाले बिजी भएर आउन पाउनुभएन भनिछन्। भाइस प्रिन्सिपलसहित अरु दुईजनाले गिज्याएर हाँस्दै, होच्याएर, हेपेर– यो बच्चालाई हामी पढाउन सक्दैनौं। अन्त स्कुल लानु यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन। यिनले पढ्नै सक्दैन' भनेछन्। पहिला पनि जोशी सरले पढेर केही गरिखान सक्दैन बरु एउटा स्कुटी किन्दिनु पठाओ चलाएर खान्छ भने भन्दै आमा छोरी दुवै मसँग रोए,’ सुब्बाले लेखेका छन्।

त्यसपछि आफूलाई रातभरी निद्रा नपरेको र भोलिपल्ट स्कुल गएर उप प्रधानाध्यापकलाई गुनासो गरेको उनले उल्लेख गरेका छन्।

लेखेका छन्, ‘बिहान उठेर शैलेन्द्र डि कार्की सरलाई गुहारेँ। स्कुल गयौं, भाइस प्रिन्सिपललाई भेट्यौं। के–के नै भनौंला भनेर गाको, अनुहार देखेर केही भन्न सकिनँ। सामान्य गुनासो राख्दै छोरीको ट्रान्सक्रिप्ट मागेर आएँ। र यति भनेँ–मेरो छोरीलाई जस्तो व्यवहार अरु विद्यार्थीलाई नगर्नू। हरेक बच्चाहरु क्षमतावान हुन्छन्। एकै किसिमको क्षमता नराखे पनि विशेष क्षमता राख्छन्। बच्चाहरुलाई हत्तोसाही नगर्नू। बच्चाको अघि उस्को अभिभावकसँग बोल्दा सम्मानले बोल्नु, आर्थिकरुपमा गरीब परिवारकै किन नहोस्, नहेप्नु।'

उनको स्टाटस आएपछि नेपाललाइभले सुब्बासँग गरेको फोन संवादमा विद्यालयमा अन्य विद्यार्थी पनि प्रशासनको दबाबको कारण रोइरहेको घटना आफूले देखेको बताए। ‘हामी त्यहाँ जाँदा अन्य बच्चा पनि रोइरहेका थिए। पढाइमा कमजोर भएको भन्दै कक्षा ९ पुगेपछि विद्यालयले स्कुल छाड्न दबाब दिने रहेछ। यसबाट पीडित अन्य बालबालिका र अभिभावक पनि छन्,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

स्कुलले कक्षा ९ मा विद्यालयले कमजोर भनिएका विद्यार्थीलाई निकाल्नुको कारणसहित भने, ‘उनीहरूको एसईईमा राम्रो नम्बर ल्याउने विद्यार्थी देखाउनु रहेछ। कम नम्बर ल्याएका विद्यार्थीका कारण साख घट्छ भनेर कमजोरलाई सिकाउनुको साटो स्कुल छाड्न बाध्य बनाउने रहेछन्।’

उपेन्द्रकी माइली छोरी कक्षा २ देखि उक्त स्कुलमा पढ्दै आएकी थिइन्। उनले छोरीको स्कुल ६ कक्षामै परिवर्तन गराउन खोजेका थिए। ‘तर सहरमा साथी न घरमा हुन्छन् न छिमेकमा। स्कुलका साथी छुट्छन् भनेर छोरीले परिवर्तन गर्न मानिनन्। यसपटक छोरीको मनोविज्ञानमा असर पार्नेगरी स्कुल छाड्न दबाब दिए,’ उनले भने।

आफूले सम्झाउँदा स्कुलका उप–प्रधानाध्यापक रामचन्द्र खनालले यो विषयलाई हल्का रुपमा लिएको उनले बताए। ‘अरु स्कुलमा भर्ना गर्दा राम्रो हुन्छ होला। यो भन्दा सानो स्कुलमा राम्रो फोकस गरेर पढाउन सकिन्छ। यहाँ फोकस हुन गाह्रो भयो उसलाई,’ खनालको भनाइलाई उदृत गर्दै सुब्बाले भने।

नेपाल लाइभले स्कुलका उप–प्रधानाध्यापक रामचन्द्र खनालसँग फोन सम्पर्क गर्‍यो। खनालले छोरीको पढाइमा कमजोरी छ भनेर अभिभावकलाई जानकारी गराउन मात्र खोजेको बताए। ‘छोरीको पढाइमा कमजोरी छ। सुधार गराउनुपर्छ भनेर भनेको हो। स्कुल छाड्न दबाब दिएको हैन। उहाँ आफैंले परिवर्तन गराउँछु भन्नुभयो,’ उनले भने।

विद्यार्थीको पढाइलाई सुधार गराउने दायित्व त विद्यालयको हैन? तपाईं आफैंले स्कुल छाड्न दबाब दिनुभएको कुरा गलत हो त? भन्ने प्रश्नमा उनी अलमलिए। उनले भने, ‘परीक्षा राम्रो गर्नुभएन। नेपाल सरकारको परीक्षा प्रणालीमाथिको आफ्नै सिस्टम छ। सिस्टम अनुसार हामी पनि चल्नुपर्‍यो।’

बाँकी प्रश्नको जवाफ दिन उनले चाहेनन्। उनले आफू व्यस्त भएको भन्दै बाँकी जवाफ दिन चाहेनन्।

व्यापारिक घराना शंकरलाल केडियाका कान्छो छोरा सुशील केडियाको स्मृतिमा सन् १९९३ मा यो स्कुलको स्थापना भएको थियो। विद्यालयमा गुणस्तर र संस्कारसहितको शिक्षा दिइने दाबी स्कुलले गर्दै आइरहेको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  २१:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्निको रुपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर... मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर... मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्