• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस २४, २०८२ Thu, Jan 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

उपेन्द्र सुब्बाको छोरीलाई डिएभी स्कुलले फेल भएको भन्दै पढाइ छाड्न दबाब दियो

64x64
समर्पण श्री मंगलबार, वैशाख ५, २०८०  २१:३८
1140x725

काठमाडौं– कवि तथा फिल्म ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाले सोमबार साँझ फेसबुकमा एउटा स्टाटस लेखे।

आफ्नी माइली छोरीको पढाइलाई लिएर जाउलाखेलस्थित डिएभी सुशील केडिया विश्व भारती स्कुलले गरेको अपमानजनक व्यवहारबारे उनले गुनासो पोखेका छन्।

उपेन्द्रकी छोरी अहिले कक्षा ९ मा पढ्छिन्। विद्यालयले लिएको परीक्षामा उनको कम नम्बर आयो। विद्यालयले पढाइ कमजोर भएका कारण देखाएर छोरीलाई स्कुल परिवर्तन गराउन दबाब दिएको उनले बताए।

‘आमा र छोरी उप–प्रधानाध्यापकको कोठामा पस्ना साथ यसको बुवा खै? किन नआएको भनि सोधियो रे। नानीको आमाले बिजी भएर आउन पाउनुभएन भनिछन्। भाइस प्रिन्सिपलसहित अरु दुईजनाले गिज्याएर हाँस्दै, होच्याएर, हेपेर– यो बच्चालाई हामी पढाउन सक्दैनौं। अन्त स्कुल लानु यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन। यिनले पढ्नै सक्दैन' भनेछन्। पहिला पनि जोशी सरले पढेर केही गरिखान सक्दैन बरु एउटा स्कुटी किन्दिनु पठाओ चलाएर खान्छ भने भन्दै आमा छोरी दुवै मसँग रोए,’ सुब्बाले लेखेका छन्।

त्यसपछि आफूलाई रातभरी निद्रा नपरेको र भोलिपल्ट स्कुल गएर उप प्रधानाध्यापकलाई गुनासो गरेको उनले उल्लेख गरेका छन्।

लेखेका छन्, ‘बिहान उठेर शैलेन्द्र डि कार्की सरलाई गुहारेँ। स्कुल गयौं, भाइस प्रिन्सिपललाई भेट्यौं। के–के नै भनौंला भनेर गाको, अनुहार देखेर केही भन्न सकिनँ। सामान्य गुनासो राख्दै छोरीको ट्रान्सक्रिप्ट मागेर आएँ। र यति भनेँ–मेरो छोरीलाई जस्तो व्यवहार अरु विद्यार्थीलाई नगर्नू। हरेक बच्चाहरु क्षमतावान हुन्छन्। एकै किसिमको क्षमता नराखे पनि विशेष क्षमता राख्छन्। बच्चाहरुलाई हत्तोसाही नगर्नू। बच्चाको अघि उस्को अभिभावकसँग बोल्दा सम्मानले बोल्नु, आर्थिकरुपमा गरीब परिवारकै किन नहोस्, नहेप्नु।'

उनको स्टाटस आएपछि नेपाललाइभले सुब्बासँग गरेको फोन संवादमा विद्यालयमा अन्य विद्यार्थी पनि प्रशासनको दबाबको कारण रोइरहेको घटना आफूले देखेको बताए। ‘हामी त्यहाँ जाँदा अन्य बच्चा पनि रोइरहेका थिए। पढाइमा कमजोर भएको भन्दै कक्षा ९ पुगेपछि विद्यालयले स्कुल छाड्न दबाब दिने रहेछ। यसबाट पीडित अन्य बालबालिका र अभिभावक पनि छन्,’ उनले भने।

Ncell 2
Ncell 2

स्कुलले कक्षा ९ मा विद्यालयले कमजोर भनिएका विद्यार्थीलाई निकाल्नुको कारणसहित भने, ‘उनीहरूको एसईईमा राम्रो नम्बर ल्याउने विद्यार्थी देखाउनु रहेछ। कम नम्बर ल्याएका विद्यार्थीका कारण साख घट्छ भनेर कमजोरलाई सिकाउनुको साटो स्कुल छाड्न बाध्य बनाउने रहेछन्।’

उपेन्द्रकी माइली छोरी कक्षा २ देखि उक्त स्कुलमा पढ्दै आएकी थिइन्। उनले छोरीको स्कुल ६ कक्षामै परिवर्तन गराउन खोजेका थिए। ‘तर सहरमा साथी न घरमा हुन्छन् न छिमेकमा। स्कुलका साथी छुट्छन् भनेर छोरीले परिवर्तन गर्न मानिनन्। यसपटक छोरीको मनोविज्ञानमा असर पार्नेगरी स्कुल छाड्न दबाब दिए,’ उनले भने।

आफूले सम्झाउँदा स्कुलका उप–प्रधानाध्यापक रामचन्द्र खनालले यो विषयलाई हल्का रुपमा लिएको उनले बताए। ‘अरु स्कुलमा भर्ना गर्दा राम्रो हुन्छ होला। यो भन्दा सानो स्कुलमा राम्रो फोकस गरेर पढाउन सकिन्छ। यहाँ फोकस हुन गाह्रो भयो उसलाई,’ खनालको भनाइलाई उदृत गर्दै सुब्बाले भने।

नेपाल लाइभले स्कुलका उप–प्रधानाध्यापक रामचन्द्र खनालसँग फोन सम्पर्क गर्‍यो। खनालले छोरीको पढाइमा कमजोरी छ भनेर अभिभावकलाई जानकारी गराउन मात्र खोजेको बताए। ‘छोरीको पढाइमा कमजोरी छ। सुधार गराउनुपर्छ भनेर भनेको हो। स्कुल छाड्न दबाब दिएको हैन। उहाँ आफैंले परिवर्तन गराउँछु भन्नुभयो,’ उनले भने।

विद्यार्थीको पढाइलाई सुधार गराउने दायित्व त विद्यालयको हैन? तपाईं आफैंले स्कुल छाड्न दबाब दिनुभएको कुरा गलत हो त? भन्ने प्रश्नमा उनी अलमलिए। उनले भने, ‘परीक्षा राम्रो गर्नुभएन। नेपाल सरकारको परीक्षा प्रणालीमाथिको आफ्नै सिस्टम छ। सिस्टम अनुसार हामी पनि चल्नुपर्‍यो।’

बाँकी प्रश्नको जवाफ दिन उनले चाहेनन्। उनले आफू व्यस्त भएको भन्दै बाँकी जवाफ दिन चाहेनन्।

व्यापारिक घराना शंकरलाल केडियाका कान्छो छोरा सुशील केडियाको स्मृतिमा सन् १९९३ मा यो स्कुलको स्थापना भएको थियो। विद्यालयमा गुणस्तर र संस्कारसहितको शिक्षा दिइने दाबी स्कुलले गर्दै आइरहेको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  २१:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
राष्ट्रियसभा निर्वाचन : कोशीबाट सुनिल थापा निर्विरोध बुधबार, पुस २३, २०८२
कांग्रेसको विशेष महाधिवेशन आह्वान बुधबार, पुस २३, २०८२
चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल बुधबार, पुस २३, २०८२
सुनसरी-१ बाट उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा बुधबार, पुस २३, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्