• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रास्वपाले प्रक्रिया पूरा नगर्दा ढाकाकुमार श्रेष्ठको सांसद पद जाने सम्भावना न्यून

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ५, २०८०  २०:०४
1140x725

काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घुस प्रकरणमा कारबाही गरेका सांसद् ढाकाकुमार श्रेष्ठलाई हटाउने प्रष्ट आधार नदेखिएको भन्दै संसद् सचिवालयले थप विवरण मागेको छ। रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारलाई पत्रका आधारमा मात्रै सांसद्‌बाट हटाउन नसकिने भन्दै थप विवरण माग गरिएको हो।

रास्वपाले संसद् सचिवालयलाई आफ्नो पार्टीको विधानको धारा ५६ बमोजिम पार्टीको साधारण सदस्यता खारेज गरेको जानकारी गराएको छ। उक्त निर्णय बमोजिम निजको सांसद पद रिक्त हुने भएकाले रिक्त पदमा कानुनबमोजिम पद पूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनसमेत अनुरोध गरिएको छ।

रास्वपाले पार्टीको विधानलाई आधार बनाए पनि संसद् सचिवालयले राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसारका ‘सपोर्टिङ डकुमेन्ट’ खोजेको हो। संसद् सचिवालयका प्रवक्ता एकराम गिरी उक्त कारबाही प्रक्रियाबारे जानकारी दिँदै भने, ‘उहाँहरुले पठाउनुभएको पत्र सचिवालयले अध्ययन गरिरहेकै छ। पत्रमा उल्लेख भएअनुसार कारबाही प्रक्रिया अघि बढाउन ऐन बमोजिमका थप डकुमेन्ट जरुरी भएकाले माग गरेका छौं।’

रास्वपाका प्रमुख सचेतक परियारले आफूहरुसँग थप डकुमेन्ट मागिएको पुष्टि गरे। आफू उपनिर्वाचनको प्रचारका क्रममा तनहुँ-२ मा रहेकाले फर्केर आएपछि दिने बताए।

पूरा भएन प्रक्रिया, श्रेष्ठको सांसद पद जाने सम्भावना कम
रास्वपाले सांसद श्रेष्ठलाई हटाउन खोज्दा अपनाउने सबैभन्दा सहज बाटो उनको राजीनामा माग हो। स्वास्थ्य मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको विषयले पार्टीलाई अप्ठ्यारो परेको भन्दै राजीनामा दिएर सहयोग गर्न आग्रह गर्न सक्थ्यो।

आफूलाई अप्ठ्यारोमा पारे ‘कोर टिम’बारे बोल्ने बताएपछि राजीनामा माग्ने नभइ अनुशासनात्मक कारबाहीबाट हटाउनेतिर रास्वपा गयो। त्यतातिरको प्रक्रिया पूरा नगर्दा श्रेष्ठ सांसदबाट नहट्ने सम्भावना देखिएको छ। 

पार्टीको राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ मा सांसदलाई अनुशासनात्मक कारबाही गर्न सकिने व्यवस्था छ। रास्वपाले श्रेष्ठलाई यही व्यवस्थाका आधारमा कारबाही गरेको संसद् सचिवालयमा पठाएको पत्रले स्पष्ट पार्छ।

उक्त पार्टीको धारा ५६ मा अनुशासनात्मक कारबाहीको प्रक्रिया उल्लेख छ। उक्त पार्टीको विधानको धारा ५७ मा राजनीतिक दल सम्बन्धी ऐनकै दफा १९ अनुसार पुनरावेदनकोसमेत व्यवस्था छ। जसका लागि निश्चित संयन्त्रसमेत बनाउनुपर्नेछ।

Ncell 2
Ncell 2
nimb
nimb

रास्वपाकै विधानको धारा ५८ मा भनिएको छ, ‘केन्द्रीय समितिले पार्टी सभापतिको प्रस्तावमा १ जना सभापति र १ जना सचिवसहितको कूल ११ जनाको पुनरावेदन समिति गठन गर्नेछ।’

धारा ५९ मा पुनरावेदन समितिको काम, कर्तव्य र अधिकार तोकिएको छ। जहाँ पुनरावेदन समितिमा पुनरावेदनका लागि परेको निवेदन उपर छानबिन गरी राय तथा सिफारिस सहितको प्रतिवेदन पार्टी सभापतिलाई पठाउने भनिएको छ। समितिले प्राप्त निवेदन उपर छानबिनको क्रममा गुनासोको पुनः सुनुवाइ गर्न सक्ने समेत त्यहाँ उल्लेख छ।

तर, श्रेष्ठलाई रास्वपाले उक्त मौका नै दिएन। रास्वपाले समानुपातिकमा अवसर दिएका सांसदलाई लिएर चौतर्फी आलोचना हुन थालेपछि पार्टी सदस्य र सांसदबाट हटाउने निर्णय भयो। 

पार्टी सभापति रवि लामिछानेसहित तीन जनाले उपनिर्वाचन लडिरहेको अवस्थामा आमजनलाई आश्वस्त पार्न ‘प्रक्रिया’ मिचिएको देखिन्छ। पार्टी सभापति लामिछानेले विधानअनुसार श्रेष्ठले पुनरावेदन भने गर्नसक्ने  निष्काशन गरिएकै दिनको पत्रकार सम्मेलनमा बताएका थिए। 

Xtrem

Xtrem

तर, पुनरावेदन प्रक्रिया सांसदबाट हटाउन सचिवालयलाई पत्र लेख्नुअघि नै पूरा हुनुपर्ने देखिन्छ। संसद् सचिवालयले खोजेको ‘सपोर्टिभ डकुमेन्ट’ यही प्रक्रिया रहेको बुझिएको छ।

श्रेष्ठलाई सांसदबाट हटाउन माथिको प्रक्रिया पूरा गरेर संसद् सचिवालयलाई पठाउनुपर्ने एउटा मात्रै बाटो रास्वपासँग छ। उक्त प्रक्रिया पूरा नभएका कारण श्रेष्ठको पद जाने कुरामा रास्वपाकै केही नेताहरु आश्वस्त छैनन्।

रास्वपाले श्रेष्ठको ठाउँमा बिन्ध्यवासिनी कंसाकारलाई सांसद् बनाउने निर्णय गरिसकेको छ। जुन विषयमा अर्का आकांक्षी मेघ आलेले सुरुमा विरोध गरेका थिए।

तर, श्रेष्ठको पद जानेगरी प्रक्रिया पूरा नभएकाले विवाद गरेर तीतो नबन्न केही नेताले सुझाएको रास्वपाका एक नेता बताउँछन्। यता सांसद हटाउने प्रक्रिया नै पूरा नगरी ‘एसिड पीडित’ कंसाकारलाई सांसद बनाउने निर्णय उपनिर्वाचनको ‘स्टन्ट’ मात्रै बन्ने जोखिम बढेको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  २०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा गर्ने सम्बोधनले समग्र देशको प्रतिनिधित्व गर्ने भन्दै चालिसेले नेपालले उठाउनुपर्ने विषयमा कांग... शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उक्त व्यवस्था लागू भएमा ५५ वर्ष नपुगी अ... शुक्रबार, असोज ९, २०८३
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद  शुरु भएको थियो । मोरङ प्रहरीले भने  दुई पक्षबीच सामान्य  विवाद... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्