काठमाडौं– भारतको सतारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवाले काठमाडौं आइपुगेका छन्।
उनले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेका छन्।
आइतबार धनगढीमा एउटा धार्मिक कार्यक्रममा लागि आएका चौथावाइले मंलगबार बिहान काठमाडौं आएपछि राजनीतिक भेटवार्ता सुरु गरेका हुन्।
बिहीबार दिल्ली फर्कनुअघि चौथावाइलेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री एनपी साउदसहितसँग संवाद गर्नेछन्। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी चलिरहँदा चौथाइवाले काठमाडौं पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।