चितवन– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापालाई थप उपचारका लागि काठमाडौं पुर्याइएको छ।
सुतेकै घरको भूँईतलामा सोमबार बिहान खसेको अवस्थामा भेटिएका उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा (कलेज अफ मेडिकल साइन्सेस) उपचार भइरहेको थियो।
हाल उनको स्वास्थ्य स्थिति स्थिर तथा सुधारोन्मुख रहेको र बिरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरि थप उपचारका लागि चिकित्सकको सल्लाह अनुसार काठमाडौं पठाइएको लामिछानेले बताएका छन्। उनलाई हेलिकोप्टरबाट एयरलिफ्ट गरेर काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पताल पुर्याइएको हो।
‘यस संवेदनशील घडीमा पुरानो मेडिकल कलेज अस्पतालले उहाँको अत्यन्त गम्भीर स्वास्थ्य स्थीतिलाई स्थिर अवस्थामा ल्याउन गर्नुभएको भरमग्दुर प्रयासको लागि सम्पूर्ण मेडिकल कलेज परिवारप्रति हामी हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ’, लामिछानेले भनेका छन्।
उनले चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसमा ‘चिकित्सक होइन भगवानहरू’ रहेछन् भने पनि टिप्पणी गरेका छन्। लामिछानेले यस्तो पीडामा पनि राजनीतिको रोटी सेक्न खोजिएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।