काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कानुन मन्त्रीको जिम्मेवारी समेत तोकिएको छ।
यसअघि प्रधानमन्त्रीले सम्हाल्दै आएको कानुन मन्त्रालयको जिम्मेवारी अब उपप्रधानमन्त्री खड्कालाई दिइएको राष्ट्रपति कार्यलयले जनाएको छ।
नेपाली कांग्रेसको भागमा परेको कानुन मन्त्रालयका लागि कांग्रेसले अहिलेसम्म नाम सिफारिस नगरेपछि प्रधानमन्त्रीले उपप्रधानमन्त्री खड्कालाई उक्त जिम्मेवारी दिएका हुन्।
![Purna-Khadka-Jimmewari-kanun1681820259.jpg](https://nepallive.net/uploads/posts/Purna-Khadka-Jimmewari-kanun1681820259.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।