काठमाडौं– नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ।
कांग्रेसले तीन जना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई मंगलबार बुझाएको हो।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेत–१ ‘क’बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट ‘क’बाट निर्वाचित बेदराज सिंह र दैलेख-१ ‘क’बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई मन्त्रीका लागि सिफारिस गरेका हुन्।
पोखरेल सामाजिक विकासमन्त्री, सिंह आर्थिक मामिला तथा योजना मन्त्री र बिसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुनेछन्।
कांग्रेस र माओवादी केन्द्रबिच भएको सहमति अनुसार सरकारको नेतृत्व आधा-आधा कार्यकाल गर्ने, २०७८ वैशाखमा भएको सहमति अनुसार मन्त्रालयको संख्या मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ कायम गर्ने सहमति भएको थियो।
सो सहमति कार्यान्वयन गर्नका लागि मंगलबार मन्त्रिपरिषद् बैठक बस्दैछ। त्यसलगत्तै कांग्रेसबाट सिफारिस भएका मन्त्रीको पद तथा गोपनीयताको शपथ हुने बताइएको छ। कथं मंगलबार शथप हुन नसके बुधबार बिहान हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।