काठमाडौं– मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी छ। यसअघि सोमबार र बिहीबार बस्दै आएको नियमित मन्त्रिपरिषद् बैठक अबदेखि हरेक मंगलबार बस्ने छ।
प्रधानमन्त्रीको भारत भ्रमणसहित मन्त्रालयहरुको नियमित अजेन्डाहरुमाथि छलफल भइरहेको बताइएको छ।
गत आइतबार मात्रै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले परराष्ट्रमन्त्री नियुक्त गरेका थिए। परराष्ट्रमन्त्रीमा कांग्रेस नेता एनपी साउद नियुक्त भएपछि आजको मन्त्रिपरिषद् बैठक पहिलो हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।