काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सबै भूमिहीनहरूलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने दाबी गरेकी छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफ्नै पालामा सबै भूमिहीनहरूलाई लालपूर्जा दिने लक्ष्य लिएको बताएकी हुन्।
मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाका नेवारहरू पनि भूमिहीन रहेको विगतमा राज्यले नदेखेको भन्दै अब आफूले उनीहरूलाई पनि लालपूर्जा प्रदान गर्ने आश्वासन दिइन्।
उनले सहकारीबाट सर्वसाधारणलाई ठगिन नदिनका लागि र त्यसलाई जनताप्रति उत्तरदायी बनाउनका लागि तत्काल विज्ञ सम्मिलित कार्यदल बनाएर काम गर्ने घोषणा गरिन्।
मन्त्री श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुरमा देखिएको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि बनाएर पहल गर्ने प्रतिवद्धता पनि जनाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।