काठमाडौं- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मिटरब्याज पीडित र लघुवित्त पीडितमाथि प्रहरीले गरेको लाठी प्रहारको विरोध गरेका छन्।
मंगलबार प्रतिनिधि सभामा बोल्दै सुवालले त्यसलाई संविधानमा उल्लेख हकको उल्लंघन भनेका हुन्।
उनले भने, ‘काठमाडौं रत्नपार्कमा भेला भएका मिटरब्याज पीडित जनता र इनरुवामा भेला भएका लघुवित्त ऋण पीडित जनतामाथि लाठी प्रहार र दमन गरेको संविधानमा उल्लेख वाक स्वतन्त्रता र शान्तिपूर्ण भेला हुन पाउने स्वतन्त्रताको हकको हनन् हो।’
सुवालले जनताको शान्तिपूर्ण भेलामा भएको लाठी प्रहारबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई संसद्मा स्पष्ट गर्न लगाउनु आवश्यक रहेको बताए। ‘मिटरब्याज पीडित र लघुवित्त ऋण पीडित जनताको माग पूरा गर्न जरुरी छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।