काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले मिटरब्याज पीडितमाथि सोमबार प्रहरीले गरेको दमनको भर्त्सना गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मिटरब्याज पीडितमाथि निर्मम ढंगले आक्रमण गरिएको बताए। ‘निर्धा र निमुखाहरूका लागि राज्य अभिभावकको रुपमा उभिनुपर्नेमा न्यायको माग गर्दै आएका मिटरब्याज पीडितहरूलाई सरकारले जुन हिजो निर्मम ढंगले आक्रमण गरेको छ। त्यसको म निन्दा र भर्त्सना गर्न चाहन्छु’, उनले भने।
उनले समाजमा गरिबहरूको अर्थात् सर्वहाराहरूको अधिनायकत्व स्थापना गर्नेछौं भन्ने सपना बाँडेको पार्टीकै नेतृत्वमा सरकार भएकै बेलामा निमुखामाथि आक्रमण भएको बताए।
‘यतिबेला गरिब र निमुखामाथि बर्बर आक्रमण किन भइरहेको छ? सरकारले मिटरब्याज पीडितहरू र अहिले तराईमा आन्दोलनरत रहेका हरूवाचरुवाहरूको मागलाई समयमा सम्बोधन गरोस्’, उनले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।