काठमाडौं– राष्ट्रिय सभाको मंगलबारका लागि तय गरिएको बैठक स्थगित भएको छ।
संघीय संसद् सचिवालयले मंगलबार दिउँसो २:३१ बजे बस्ने गरी निर्धारण गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको जानकारी दिएको हो। विशेष कारणवश बैठक स्थगित भएको जनाइएको छ।
बैठक बस्ने दिन र समय अर्को सूचनामा तोकिने गरी राष्ट्रिय सभाका अध्यक्षले निर्धारण गर्ने संसद्का महासचिव डा भरतराज गौतमले जनाएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।