काठमाडौं– राष्ट्रपति कार्यालय शीतलनिवास र सिंहदरबारभित्रको फोहोर तत्काल उठाउनका लागि अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको पेसी कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनपछि राष्ट्रपति भवन शीतलनिवास तथा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको फोहोर उठाउन बन्द गरिएको भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
उक्त निवेदको पेसी क्रमसंख्याअनुसार आठौं नम्बरमा छ। रिटमा काठमाडौं महानगरपालिका समेत मेयर शाहसमेतलाई विपक्षी बनाइएको छ।
फोहोर उठाउने कार्यबाट काठमाडौं महानगरपालिका पछि हट्न नमिल्ने र फोहोर धेरै समय थुप्रिँदा रोग र दुर्गन्ध फैलिने भएकाले तत्काल फोहोर उठाउन अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा दाबी गरिएको छ।
स्थानीय सरकार र संघीय सरकारका बीचमा समन्वय हुनुपर्ने र मिलेर काम गर्नुपर्ने जिकिर रिटमा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।