नेपाल–चीन नाका तातोपानीको मितेरी पुलमा नेपाल र चीनका अधिकारीहरु।
काठमाडौं– लामो समयदेखि बन्द रहेको नेपाल–चीन तातोपानी नाका वैशाख १८ गतेदेखि खुल्ने भएको छ। नेपाली पक्षले निरन्तर उठाउँदै आएको नाका खोल्ने प्रस्तावप्रति चिनियाँ पक्ष पनि सहमत भएपछि वैशाख १८ गतेदेखि नाका खुल्ने भएको हो।
नेपाल र चीनका अधिकारीबीच आज (सोबार) बिहान भएको वार्तामा ६ बुदेँ सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए।
२०७२ सालको भुकम्पपछि तातोपानी नाका बन्द रहेको थियो। नाका खोल्ने विषयमा पटक–पटक वार्ता भए पनि चिनियाँ पक्ष सकारात्मक नहुँदा नाका बन्द नै थियो।
मंगलबार बिहान नेपाल–चीनको सीमा मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा नाका खोलेर निकासी–पैठारी गर्नेहित ६ बुँदे सहमति भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए।
वार्तामा नेपालबाट सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीसहित अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख सहभागी थिए भने चीनियाँ पक्षबाट चीनको न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन लगायत निकायका अधिकारीहरु सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।