फाइल तस्बिर काठमाडौं– सभामुखको पहलमा शीर्ष नेताहरुको बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक बसेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा दर्ता भएको टिआरसी, संवैधानिक परिषद् र सम्पत्ति शुद्धीकरण विधेयक, संसदीय समिति र बिहान भएको छलफल बारे जानकारी दिन बैठक राखेका हुन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ६ बजेदेखि सुरु भएको बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरू सहभागी छन्।
बिहान बालकोटमा एमालेसहितको बैठक बसेको थियो। वैठकमा एमालेले टिआरसी विधेयक संसद्को समितिमा लैजानुपर्ने माग राखेको थियो भने सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को वैठक बोलाउन सहमत भएको बताएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।