काठमाडौं– राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले राष्ट्रिय सभालाई सरकारले संघीय संसद्को रुपमा स्वीकार्न नसकेको आरोप लगाएका छन्।
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको महत्त्व बराबर भएपनि सरकारले त्यसलाई स्वीकार्न नसकेको बताए।
सरकारले संघीय संसद् भनेको राष्ट्रिय सभा पनि हो र राष्ट्रिय सभा पनि संघीय संसद्को एउटा पार्ट हो र राष्ट्रिय सभाबिना संघीय संसद् हुन सक्दैन भन्ने कुरा मान्न नसकेको टिप्पणी गरे।
उनले प्रतिनिधि सभा भन्दा कुनैपनि हिसाबले राष्ट्रिय सभाको अधिकार, गरिमा, संविधानले दिएको मान्यता कमजोर नरहेको जिकिर गरे। उनले सरकारले राष्ट्रिय सभाका ४ वटा समितिहरूले दिने निर्देशन र सुझाव सरकारले गम्भीरताका साथ नलिएको पनि बताए।
राष्ट्रिय सभा सदस्य देवले आगामी दिनमा सरकारले संसदीय समितिहरूले दिने निर्देशन र सुझावलाई गम्भीरताका साथ लिनुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।