• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उप–निर्वाचनमा केन्द्रित सत्तारुढ दल: संयुक्त रुपमा नेता परिचालनदेखि संयुक्त आमसभा 

64x64
नवीन झा सोमबार, वैशाख ४, २०८०  २१:१२
1140x725

काठमाडौं– बैशाख १० गते हुन गइरहेको प्रतिनिधि सभाका तीन निर्वाचन क्षेत्रको उप–निर्वाचनमा सत्तारुढ दलहरु केन्द्रित भएका छन्। सत्तारुढ पाँच दलले हेरक निर्वाचनमा संयुक्त रुपमा आफ्ना नेताहरुको टोली खटाएका छन्। तथा पाँचै दलका शीर्ष नेताको सहभागितामा सम्बन्धित निर्वाचन क्षेत्रमा संयुक्त आमसभाहरु पनि गर्न लागेका छन्। 

तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपाले संयुक्त रुपमा उम्मेदजारी दर्ता गराएका छन्। हुन त एक ठाउँमा जसपा र दुई ठाउँमा कांग्रेसका उम्मेदवार छन्। तर गठबन्धन भएकाले यी पाँचै दलले तीन जना उम्मेदवारलाई साझा बनाएका छन्। 

केही समयअघि यी पाँचै दलका शीर्ष नेताहरुले संयुक्त रुपमा वक्तव्य जारी गर्दै पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई गठबन्धनका उम्मेदवारलाई मतदान गरी जिताउन निर्देशन दिएका थिए। तनहुँ र चितवन दुवै ठाउँमा कांग्रेसका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी र एमालेले कडा टक्कर दिनेछन् भने बारामा जसपाका लागि जनमत पार्टी अवरोध बन्ने स्थिति छ। यस्तोमा कांग्रेस र जसपा दुवैले सकभर गठबन्धनको बढीभन्दा बढी मत आफ्ना उम्मेदवारको पक्षमा कसरी आउँछ भन्नेम रणनीति बनाइरहेका छन्।

त्यही रणनीति कार्यान्वयनका लागि गत शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले तीनवटै निर्वाचन क्षेत्रमा सबै पार्टीका केन्द्रीय प्रतिनिधीहरु खटाउने निर्णय गरेको थियो। जस अनुसार कांग्रेसबाट महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, माओवादीवाट महासचिव देव गुरुड, एकीकृत समाजवादीबाट किसान श्रेष्ठ तनहुँ र चितवनका लागि परिचालन गर्ने निर्णय भएको छ।

साथै बारामा कांग्रेसका बालकृष्ण खाणदेखि अजय चौरसिया परिचालित छन् भने माओवादीवाट गणेश साह, एकीकृत समाजवादीबाट किसान श्रेष्ठ र लोसपाबाट जितेन्द्र सोनल परिचालित छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी तीनवटै क्षेत्रमा गठबन्धनलाई सक्दो बढी प्रभावकारी बनाएर तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई जिताउने प्रयास भइरहेको छ। चुनावी अभियानलाई थप प्रभावकारी बनाउन ५ गते तनहुँ, ६ गते चितवन र ७ गते बारामा संयुक्त आमसभासमेत आयोजना गर्ने सत्तारुढ दलहरुको तयारी छ। 

आमसभाहरुलाई प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र लोसपा अध्यक्ष महन्थ ठाकुरले सम्बोधन गर्ने कार्यक्रम छ। उपनिर्वाचन हुन लागेको तनहुँ–१ मा यसअघि कांग्रेसबाट रामचन्द्र पौडेल, चितवन–२ मा रास्वपाका सभापति रवि लामिछाने र बारा–२ मा जसपा नेता रामसहाय यादव निर्वाचित भएका थिए।

पौडेल राष्ट्रपतिमा र यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुन लागेको हो। यस्तै चितवन–२ बाट निर्वाचित लामिछाने नागरिकता प्रकरणका कारण सांसद पद खारेजीमा परेपछि त्यहाँ पनि निर्वाचन हुन लागेको हो। लामिछानेले पुन: सोही क्षेत्रबाट निर्वाचन जित्नेगरी तयारी तीव्र पारेका छन्। 

Xtrem
Xtrem

अहिले तनहुँ १ मा गठबन्धनका तर्फबाट गोविन्द भट्ट्रराई, रास्वपाबाट स्वर्णीम वाग्ले र एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार छन्। चितवन–२ मा रवि लामिछानेका साथै कांग्रेसबाट जितनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपाने छन्। बारा–२ मा भने जसपाबाट उपेन्द्र यादव आफैं उम्मेदवार रहेका छन्। जहाँ उनलाई कडा टक्कर दिन जनमत पार्टीबाट शिवचन्द्र कुशवाह छन्। एमालेबाट भने पुरुषोत्तम पौडेल रहेका छन् भने रास्वपाबाट रमेश खरेल छन्।

तनहुँ र चितवनमा भने गठबन्धनका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र बारामा जनमतका उम्मेदवारले कडा टक्कर दिने देखिन्छ। अहिले कांग्रेस र जसपालाई गठबन्धनमा आबद्ध दलहरुकै मतको भरथेक हुनेछ। तर गठबन्धनमा अन्तर्घात भएमा भने कांग्रेसले दुवै ठाउँ र बारामा उपेन्द्रले जित्न मुस्किल पर्नेछ। त्यसैले पनि गठबन्धनको मत चुहावट हुन नदिनका लागि केन्द्रीय स्तरका नेताहरु नै चुनावमा केन्द्रित हुँदै निर्वाचनस्थलसम्म आफ्नो मत सुरक्षित बनाउनका लागि पुग्न लागेका हुन्। 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  २१:१२
  • #सत्ता_गठबन्धन
  • #उप–चुनाव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा गर्ने सम्बोधनले समग्र देशको प्रतिनिधित्व गर्ने भन्दै चालिसेले नेपालले उठाउनुपर्ने विषयमा कांग... शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उक्त व्यवस्था लागू भएमा ५५ वर्ष नपुगी अ... शुक्रबार, असोज ९, २०८३
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद  शुरु भएको थियो । मोरङ प्रहरीले भने  दुई पक्षबीच सामान्य  विवाद... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्