• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उप–निर्वाचनमा केन्द्रित सत्तारुढ दल: संयुक्त रुपमा नेता परिचालनदेखि संयुक्त आमसभा 

64x64
नवीन झा सोमबार, वैशाख ४, २०८०  २१:१२
1140x725

काठमाडौं– बैशाख १० गते हुन गइरहेको प्रतिनिधि सभाका तीन निर्वाचन क्षेत्रको उप–निर्वाचनमा सत्तारुढ दलहरु केन्द्रित भएका छन्। सत्तारुढ पाँच दलले हेरक निर्वाचनमा संयुक्त रुपमा आफ्ना नेताहरुको टोली खटाएका छन्। तथा पाँचै दलका शीर्ष नेताको सहभागितामा सम्बन्धित निर्वाचन क्षेत्रमा संयुक्त आमसभाहरु पनि गर्न लागेका छन्। 

तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपाले संयुक्त रुपमा उम्मेदजारी दर्ता गराएका छन्। हुन त एक ठाउँमा जसपा र दुई ठाउँमा कांग्रेसका उम्मेदवार छन्। तर गठबन्धन भएकाले यी पाँचै दलले तीन जना उम्मेदवारलाई साझा बनाएका छन्। 

केही समयअघि यी पाँचै दलका शीर्ष नेताहरुले संयुक्त रुपमा वक्तव्य जारी गर्दै पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई गठबन्धनका उम्मेदवारलाई मतदान गरी जिताउन निर्देशन दिएका थिए। तनहुँ र चितवन दुवै ठाउँमा कांग्रेसका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी र एमालेले कडा टक्कर दिनेछन् भने बारामा जसपाका लागि जनमत पार्टी अवरोध बन्ने स्थिति छ। यस्तोमा कांग्रेस र जसपा दुवैले सकभर गठबन्धनको बढीभन्दा बढी मत आफ्ना उम्मेदवारको पक्षमा कसरी आउँछ भन्नेम रणनीति बनाइरहेका छन्।

त्यही रणनीति कार्यान्वयनका लागि गत शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले तीनवटै निर्वाचन क्षेत्रमा सबै पार्टीका केन्द्रीय प्रतिनिधीहरु खटाउने निर्णय गरेको थियो। जस अनुसार कांग्रेसबाट महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, माओवादीवाट महासचिव देव गुरुड, एकीकृत समाजवादीबाट किसान श्रेष्ठ तनहुँ र चितवनका लागि परिचालन गर्ने निर्णय भएको छ।

साथै बारामा कांग्रेसका बालकृष्ण खाणदेखि अजय चौरसिया परिचालित छन् भने माओवादीवाट गणेश साह, एकीकृत समाजवादीबाट किसान श्रेष्ठ र लोसपाबाट जितेन्द्र सोनल परिचालित छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी तीनवटै क्षेत्रमा गठबन्धनलाई सक्दो बढी प्रभावकारी बनाएर तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई जिताउने प्रयास भइरहेको छ। चुनावी अभियानलाई थप प्रभावकारी बनाउन ५ गते तनहुँ, ६ गते चितवन र ७ गते बारामा संयुक्त आमसभासमेत आयोजना गर्ने सत्तारुढ दलहरुको तयारी छ। 

आमसभाहरुलाई प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र लोसपा अध्यक्ष महन्थ ठाकुरले सम्बोधन गर्ने कार्यक्रम छ। उपनिर्वाचन हुन लागेको तनहुँ–१ मा यसअघि कांग्रेसबाट रामचन्द्र पौडेल, चितवन–२ मा रास्वपाका सभापति रवि लामिछाने र बारा–२ मा जसपा नेता रामसहाय यादव निर्वाचित भएका थिए।

पौडेल राष्ट्रपतिमा र यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुन लागेको हो। यस्तै चितवन–२ बाट निर्वाचित लामिछाने नागरिकता प्रकरणका कारण सांसद पद खारेजीमा परेपछि त्यहाँ पनि निर्वाचन हुन लागेको हो। लामिछानेले पुन: सोही क्षेत्रबाट निर्वाचन जित्नेगरी तयारी तीव्र पारेका छन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अहिले तनहुँ १ मा गठबन्धनका तर्फबाट गोविन्द भट्ट्रराई, रास्वपाबाट स्वर्णीम वाग्ले र एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार छन्। चितवन–२ मा रवि लामिछानेका साथै कांग्रेसबाट जितनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपाने छन्। बारा–२ मा भने जसपाबाट उपेन्द्र यादव आफैं उम्मेदवार रहेका छन्। जहाँ उनलाई कडा टक्कर दिन जनमत पार्टीबाट शिवचन्द्र कुशवाह छन्। एमालेबाट भने पुरुषोत्तम पौडेल रहेका छन् भने रास्वपाबाट रमेश खरेल छन्।

तनहुँ र चितवनमा भने गठबन्धनका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र बारामा जनमतका उम्मेदवारले कडा टक्कर दिने देखिन्छ। अहिले कांग्रेस र जसपालाई गठबन्धनमा आबद्ध दलहरुकै मतको भरथेक हुनेछ। तर गठबन्धनमा अन्तर्घात भएमा भने कांग्रेसले दुवै ठाउँ र बारामा उपेन्द्रले जित्न मुस्किल पर्नेछ। त्यसैले पनि गठबन्धनको मत चुहावट हुन नदिनका लागि केन्द्रीय स्तरका नेताहरु नै चुनावमा केन्द्रित हुँदै निर्वाचनस्थलसम्म आफ्नो मत सुरक्षित बनाउनका लागि पुग्न लागेका हुन्। 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  २१:१२
  • #सत्ता_गठबन्धन
  • #उप–चुनाव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले रोजगारीक... आइतबार, कात्तिक ८, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको... शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनतासँग प्रत्यक्ष संवाद गरेर गुनासा,... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
दशैंको अन्तिम दिन राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना आइतबार, कात्तिक ८, २०८३
हुथी आक्रमणपछि दुई सातादेखि बन्द रियाद विमानस्थलमा उडान फेरि सञ्चालनमा, तर अझै आक्रमणको चेतावनी आइतबार, कात्तिक ८, २०८३
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्