काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन- २ का उम्मेदवार रवि लामिछानेले आफ्नो सवारी चालक शम्भु थापा छतबाट खसेर घाइते भएको विषयबारे प्रष्ट पारेका छन्। चितवन मेडिकल कलेजमा उपचाररत थापाको स्वास्थ्य अवस्था सुधारोन्मख रहेको उनको भनाइ छ।
आफू नेताभन्दा पहिले मानिस रहेको बताउँदै सहानुभूति आवश्यक रहेको बताएका छन्।
उनले भनेका छन्, ‘म नेताभन्दा पहिले मानिस हुँ। म पनि थाक्छु, गल्छु। मेरा आँखामा पनि आँशु आउँछन्। बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहिन बनेर राजनीतिकरण नगर्नु होला।’
उनले राजनीति गर्न सिंगो जीवन रहेको बताउँदै संवेदनशील घडीमा मौका नछोप्न आग्रह पनि गरेका छन्। आफू बिहानैदेखि निरन्तर र भर्खरै पनि चिकित्सकसँग परामर्श गरिरहेको लामिछानेले बाएका छन्। स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको तर स्थिर रहेको उनले जनाएका छन्।
‘प्रहरी पनि अनुसन्धानमा छ। यस्तो बेला यो भन्दा धेरै मसँग तपाईंलाई भन्ने कुनै शब्दै छैन’, उनले घटनाबारे भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।