काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकको दुर्घटनाबारे सोधपुछका लागि अर्का सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रविका सवारी चालक दिलबहादुर थापासँगै सुतेका रास्वपा महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीलाई प्रहरीले सोधपुछ गरेको हो।
सोधपुछका लागि उनलाई प्रहरी कार्यालय ल्याइएको चितवन प्रहरी प्रमुख, एसपी रामेश्वर कार्कीले जानकारी दिए।
आइतबार राति घरको तेस्रो तलामा सुतेका लामिछानेका सवारी चालक थापा बिहान भूँईतलामा खसेको अवस्थामा भेटिएका थिए। उनको उपचार भइरहेको छ। अवस्था चिन्ताजनक रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।