• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रास्वपा कार्यकर्ताका ४ उदण्डका लागि सोही पार्टीका सांसदको ४ बुँदे अनुरोध सिफारिस

64x64
डिबी खड्का सोमबार, वैशाख ४, २०८०  १४:३१
1140x725

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय रैथाने दलहरूप्रतिको वितृष्णा त हुँदै हो, राजनीतिलाई नयाँ तरिकाले अघि बढाउन चाहने हुटहुटीको अनुमोदन पनि हो। त्यसकारण उक्त पार्टीले संसद्‌मा ढाकाकुमार श्रेष्ठलाई मात्रै होइन, सुमना श्रेष्ठलाई पनि पुर्‍याएको छ।

बदलिएको समयमा परिवर्तित राजनीतिको अपेक्षासहित घण्टीमा स्वस्तिक चिह्न अनपेक्षित रुपमा लागेको हो। चार महिनापछि तीन ठाउँमा उपनिर्वाचन हुँदैछ। चितवन-२ सोही पार्टी सभापतिकै दोहोरो नागरिकताको परिणाम हो भने बाँकी दुई क्षेत्र राष्ट्रपति र उपराष्ट्रपति चयनका नजिता हुन्। ती उपनिर्वाचनका क्रममा रास्वपाको माहोलमा उति मन्दी छैन, जति यो पार्टीका सभापति आफ्नै र अन्य केही नेताका कारण आउन सक्ने सम्भावना थियो र छ।

उपनिर्वाचन भइरहेका तीन वटै क्षेत्रमा प्रतिस्पर्धी माहोलमा रहेको रास्वपा आक्रामक हुनुपर्ने कुनै कारण छैन। उक्त पार्टीका नेता र कार्यकर्ताबाट त झन् अपेक्षित हुँदै होइन। तर, रास्वपा समर्थकहरूका पछिल्ला गतिविधिले भने नयाँ भनिएको पार्टीको पुरानै अनुहार देखिँदैछ।

‘जित्नका लागि जे पनि गर्ने’ नेपाली राजनीतिको पुरानो पहिचान यो पार्टीले समेत कायम राख्न खोजेको जस्तो महसुस हुन थालेको छ। फरक विचार राख्नेहरूमाथि उक्त पार्टीका कार्यकर्ताहरूले मैदान र सामाजिक सञ्जालमा निरन्तर आक्रमण गरिरहेका छन्।

उक्त पार्टीका सभापति तथा चितवन- २ का उम्मेदवार रवि लामिछानेका कमजोरीको वैधानिक बाटो खोज्ने कानुन व्यवसायी युवराज सफलले आइतबार उक्त पार्टीका कार्यकर्ताबाट दुर्व्यवहार खेपे। प्रहरीकै सुरक्षा घेरामा भएका कारण अप्रिय घटना घटेन। तर, त्यस्तो अवस्थामा पनि उनीमाथि भएको भौतिक आक्रमण र गरिएका टिप्पणी खेदजनक छन्।

सामाजिक सञ्जालमा आइलाग्नेमाथि हदैसम्म जाइलाग्ने उक्त पार्टीको समर्थकको जन्मजात प्रवृत्तिजस्तो देखिन थालेको छ। अहिले उक्त पार्टीभन्दा फरक विचार राख्नेहरूमाथि गरिएका भद्दा टिप्पणीले हद नाघेको छ। चितवन- २ मा यसपल्ट लामिछानेलाई समर्थन गर्न नसकिने एक नाबालिकाको सुझबुझलाई संस्कारयुक्त पार्टी र त्यसका कार्यकर्ताले सकारात्मक रुपमा लिनुपर्थ्यो। आफूलाई सच्याउने सवालका रुपमा स्वागत गर्नुपर्थ्यो। कम्तीमा उनको छनोटको अधिकारको रुपमा भद्र स्वीकार गर्नुपर्थ्यो। किनकि, गत निर्वाचनताका अन्य पार्टीप्रति आस्थावानहरूले नै त्यसमा पुनर्विचार गरेको लाभ रास्वपाले पाएको थियो। आज जो कसैले पनि रास्वपाप्रतिको आस्थामा पुनर्विचार गर्न पाउँछ नै।

केही दिनदेखि टिकटक, फेसबुक र ट्विटरमा उनीमाथि गरिएका टिप्पणी हेर्दा लाग्छ- अहो! समाज यो हदसम्म असहिष्णु भइसकेछ! फरक मत र स्वस्थ आलोचनालाई स्वीकार गर्ने राजनीतिक संस्कार जुन मात्रामा भए पनि थियो र छ। वैकल्पिक भनिएको पार्टीबाट त्यसको अपहरण सामान्य उपक्रम होइन। पुरानामाथि धारे हात लगाउँदै नयाँ रोज्नेहरूबाट यस्तो हुनु त झन् डरलाग्दो प्रवृत्ति हो।

यही बीचमा उक्त पार्टीका कार्यकर्ताले पत्रिका जलाएको दृश्यहरू सामाजिक सञ्जालभरी छन्। आफ्ना नेताले गरेका कामलाई लिएर लेखिएको समाचारमा उनीहरूको असहमति छ। असहमतिको आगो सभ्य भाषामा राख्न पाउने प्रणाली पनि छ। तर, पत्रिका जलाएर आफूमाथि तेर्सिने हरेक प्रश्न खारेजीको बाटोमा जानु प्रणालीकै चिन्ताको विषय हो। हुन त पार्टी सभापति लामिछानेले नै ‘१२ भाइ’ भनेर नेपाली पत्रिकारितामाथि अन्धाधुन्ध प्रहार पहिल्यै गरेका हुन्। त्यसैको बाछिटाका रुपमा यसलाई लिन सकिएला तर, स्वीकार्न भने सकिँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

चुनावमा पार्टीले आफ्ना उम्मेदवारका सकारात्मक पक्षलाई सक्दो बढी उजागर गर्नु स्वभाविक हो। रास्वपाले पनि त्यसलाई ध्यान दिएकै होला। त्यस क्रममा पनि उक्त पार्टीले अपनाएको शैली स्वाभाविक देखिँदैन। अहिले पार्टीको चुनाव चिह्न समेत राखेर उक्त पार्टीका नेता कार्यकर्ताले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको भिडिओ भाइरल बनाइरहेका छन्। जहाँ शर्मा वाग्लेको प्रशंसा गरिरहेका छन्।

हालका रास्वपा उम्मेदवार डा स्वर्णिम वाग्लेको इमान र क्षमतामाथि शर्माको विश्वास थियो। त्यही भएर शर्मा संयोजक भएको घोषणा पत्र लेखन समिति अन्तर्गत रहेको मस्यौदा उपसमितिको संयोजन गर्ने जिम्मेवारी समेत वाग्लेलाई थमाएका हुन्।

त्यो बेला शर्माले बोलेको भिडिओलाई ताजाजस्तै गरी प्रचार गर्नु नैतिक विषय होइन। उक्त पार्टीका कार्यकर्ताले बीचमा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी तथा नेतृ आरजु राणा र दायाँबायाँ दुई महामन्त्रीको तस्बिर राखेर ‘देवर बाबु’ नामक भद्दा पोष्टर समेत बनाएका छन्। त्यसलाई समेत आफ्नै ट्विटर र फेसबुकबाट सेयर गरेर शर्माले लोकतन्त्रमा नेताले अपनाउनुपर्ने सहिष्णुताको उदाहरण प्रस्तुत गरिसकेका छन्।

जितेर निश्चित पदमा पुगेपछि कायापलट गर्ने सपना आमजनलाई देखाइरहेको छ, रास्वपाले। तर, जित्नका लागि उक्त पार्टीले अपनाउने बाटो पनि देश निर्माणकै क्रम रहेको बिर्सिएको जस्तो यो निर्वाचनमा देखिएको छ। अरु पार्टी, तिनका नेता र कार्यकर्ताले सच्चिनुपर्ने बताउने पार्टीका नेता कार्यकर्ता आफैं त्यही बाटोतिर गइरहेको दृश्य दर्शनीय हुन सक्दैन।

Xtrem

Xtrem

रास्वपा र लामिछानेप्रति जतिसुकै विश्वास र समर्पणभाव भए पनि कार्यकर्ता र समर्थकले भुल्न नहुने विषय हो- उनी प्रश्नभन्दा माथि छैनन्। हिजो टेलिभिजन कार्यक्रम सञ्चालन गरेरै आएको हुनाले लामिछाने स्वयं यसप्रति थप जानकार छन्। त्यसैले लामिछानेमाथि उठ्ने प्रश्नमा चित्त नबुझे भद्र प्रतिवाद गर्ने वा कानुनी उपचार खोज्ने हक उनीसँग छ। तर, उनीमाथि उठ्ने प्रश्नलाई, उनीप्रति असहमतलाई, उनीप्रति आलोचना गर्नेहरूलाई आक्रमण गर्ने र आलोचना गर्नु नै ‘पाप हो’ भन्ने जसरी प्रस्तुत हुनु उचित होइन।

रास्वपामा रहेका केही नेता-कार्यकर्तालाई यो ‘अति‘को महसुस हुन थालेको छ। रास्वपाकै सांसद मनिष झा सार्वजनिक अपिल गर्ने अवस्थामा उक्त पार्टीका अन्य नेता-कार्यकर्ताले पुर्‍याएका छन्। अहिलेको परिस्थितिमा रास्वपाका नेता-कार्यकर्ताले अरुको कुरा सुन्ने छैनन्। आमसञ्चारलाई त सभापति लामिछानेले ‘प्रधानशत्रु’ घोषणा गरेर मैदान पसेका हुन्।

त्यसकारण मौजुदा परिस्थितिमा सोही पार्टीका सांसद तथा नेता झाकै अनुरोध पढेर अपनाइदिन रास्वपा कार्यकर्तालाई सिफारिस गरिन्छ।
झाले ट्विटरमा  ४ बुँदे अनुरोध गरेका छन् :
१) अपशब्द प्रयोग नगर्नुस् 
२) पत्रपत्रिका जलाउने काम नगर्नुस् 
३) हामी एक अर्काको प्रतिस्पर्धी हौं, दुस्मन हैन। 
४) हामी जिते पुग्छ, अरू सबै हार्न आवश्यक छैन।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १४:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा गर्ने सम्बोधनले समग्र देशको प्रतिनिधित्व गर्ने भन्दै चालिसेले नेपालले उठाउनुपर्ने विषयमा कांग... शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उक्त व्यवस्था लागू भएमा ५५ वर्ष नपुगी अ... शुक्रबार, असोज ९, २०८३
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद  शुरु भएको थियो । मोरङ प्रहरीले भने  दुई पक्षबीच सामान्य  विवाद... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्