• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
रास्वपा कार्यकर्ताका ४ उदण्डका लागि सोही पार्टीका सांसदको ४ बुँदे अनुरोध सिफारिस
64x64
डिबी खड्का सोमबार, वैशाख ४, २०८०  १४:३१
1140x725

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय रैथाने दलहरूप्रतिको वितृष्णा त हुँदै हो, राजनीतिलाई नयाँ तरिकाले अघि बढाउन चाहने हुटहुटीको अनुमोदन पनि हो। त्यसकारण उक्त पार्टीले संसद्‌मा ढाकाकुमार श्रेष्ठलाई मात्रै होइन, सुमना श्रेष्ठलाई पनि पुर्‍याएको छ।

बदलिएको समयमा परिवर्तित राजनीतिको अपेक्षासहित घण्टीमा स्वस्तिक चिह्न अनपेक्षित रुपमा लागेको हो। चार महिनापछि तीन ठाउँमा उपनिर्वाचन हुँदैछ। चितवन-२ सोही पार्टी सभापतिकै दोहोरो नागरिकताको परिणाम हो भने बाँकी दुई क्षेत्र राष्ट्रपति र उपराष्ट्रपति चयनका नजिता हुन्। ती उपनिर्वाचनका क्रममा रास्वपाको माहोलमा उति मन्दी छैन, जति यो पार्टीका सभापति आफ्नै र अन्य केही नेताका कारण आउन सक्ने सम्भावना थियो र छ।

उपनिर्वाचन भइरहेका तीन वटै क्षेत्रमा प्रतिस्पर्धी माहोलमा रहेको रास्वपा आक्रामक हुनुपर्ने कुनै कारण छैन। उक्त पार्टीका नेता र कार्यकर्ताबाट त झन् अपेक्षित हुँदै होइन। तर, रास्वपा समर्थकहरूका पछिल्ला गतिविधिले भने नयाँ भनिएको पार्टीको पुरानै अनुहार देखिँदैछ।

‘जित्नका लागि जे पनि गर्ने’ नेपाली राजनीतिको पुरानो पहिचान यो पार्टीले समेत कायम राख्न खोजेको जस्तो महसुस हुन थालेको छ। फरक विचार राख्नेहरूमाथि उक्त पार्टीका कार्यकर्ताहरूले मैदान र सामाजिक सञ्जालमा निरन्तर आक्रमण गरिरहेका छन्।

उक्त पार्टीका सभापति तथा चितवन- २ का उम्मेदवार रवि लामिछानेका कमजोरीको वैधानिक बाटो खोज्ने कानुन व्यवसायी युवराज सफलले आइतबार उक्त पार्टीका कार्यकर्ताबाट दुर्व्यवहार खेपे। प्रहरीकै सुरक्षा घेरामा भएका कारण अप्रिय घटना घटेन। तर, त्यस्तो अवस्थामा पनि उनीमाथि भएको भौतिक आक्रमण र गरिएका टिप्पणी खेदजनक छन्।

सामाजिक सञ्जालमा आइलाग्नेमाथि हदैसम्म जाइलाग्ने उक्त पार्टीको समर्थकको जन्मजात प्रवृत्तिजस्तो देखिन थालेको छ। अहिले उक्त पार्टीभन्दा फरक विचार राख्नेहरूमाथि गरिएका भद्दा टिप्पणीले हद नाघेको छ। चितवन- २ मा यसपल्ट लामिछानेलाई समर्थन गर्न नसकिने एक नाबालिकाको सुझबुझलाई संस्कारयुक्त पार्टी र त्यसका कार्यकर्ताले सकारात्मक रुपमा लिनुपर्थ्यो। आफूलाई सच्याउने सवालका रुपमा स्वागत गर्नुपर्थ्यो। कम्तीमा उनको छनोटको अधिकारको रुपमा भद्र स्वीकार गर्नुपर्थ्यो। किनकि, गत निर्वाचनताका अन्य पार्टीप्रति आस्थावानहरूले नै त्यसमा पुनर्विचार गरेको लाभ रास्वपाले पाएको थियो। आज जो कसैले पनि रास्वपाप्रतिको आस्थामा पुनर्विचार गर्न पाउँछ नै।

केही दिनदेखि टिकटक, फेसबुक र ट्विटरमा उनीमाथि गरिएका टिप्पणी हेर्दा लाग्छ- अहो! समाज यो हदसम्म असहिष्णु भइसकेछ! फरक मत र स्वस्थ आलोचनालाई स्वीकार गर्ने राजनीतिक संस्कार जुन मात्रामा भए पनि थियो र छ। वैकल्पिक भनिएको पार्टीबाट त्यसको अपहरण सामान्य उपक्रम होइन। पुरानामाथि धारे हात लगाउँदै नयाँ रोज्नेहरूबाट यस्तो हुनु त झन् डरलाग्दो प्रवृत्ति हो।

यही बीचमा उक्त पार्टीका कार्यकर्ताले पत्रिका जलाएको दृश्यहरू सामाजिक सञ्जालभरी छन्। आफ्ना नेताले गरेका कामलाई लिएर लेखिएको समाचारमा उनीहरूको असहमति छ। असहमतिको आगो सभ्य भाषामा राख्न पाउने प्रणाली पनि छ। तर, पत्रिका जलाएर आफूमाथि तेर्सिने हरेक प्रश्न खारेजीको बाटोमा जानु प्रणालीकै चिन्ताको विषय हो। हुन त पार्टी सभापति लामिछानेले नै ‘१२ भाइ’ भनेर नेपाली पत्रिकारितामाथि अन्धाधुन्ध प्रहार पहिल्यै गरेका हुन्। त्यसैको बाछिटाका रुपमा यसलाई लिन सकिएला तर, स्वीकार्न भने सकिँदैन।

Ncell 2
Ncell 2

चुनावमा पार्टीले आफ्ना उम्मेदवारका सकारात्मक पक्षलाई सक्दो बढी उजागर गर्नु स्वभाविक हो। रास्वपाले पनि त्यसलाई ध्यान दिएकै होला। त्यस क्रममा पनि उक्त पार्टीले अपनाएको शैली स्वाभाविक देखिँदैन। अहिले पार्टीको चुनाव चिह्न समेत राखेर उक्त पार्टीका नेता कार्यकर्ताले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको भिडिओ भाइरल बनाइरहेका छन्। जहाँ शर्मा वाग्लेको प्रशंसा गरिरहेका छन्।

हालका रास्वपा उम्मेदवार डा स्वर्णिम वाग्लेको इमान र क्षमतामाथि शर्माको विश्वास थियो। त्यही भएर शर्मा संयोजक भएको घोषणा पत्र लेखन समिति अन्तर्गत रहेको मस्यौदा उपसमितिको संयोजन गर्ने जिम्मेवारी समेत वाग्लेलाई थमाएका हुन्।

त्यो बेला शर्माले बोलेको भिडिओलाई ताजाजस्तै गरी प्रचार गर्नु नैतिक विषय होइन। उक्त पार्टीका कार्यकर्ताले बीचमा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी तथा नेतृ आरजु राणा र दायाँबायाँ दुई महामन्त्रीको तस्बिर राखेर ‘देवर बाबु’ नामक भद्दा पोष्टर समेत बनाएका छन्। त्यसलाई समेत आफ्नै ट्विटर र फेसबुकबाट सेयर गरेर शर्माले लोकतन्त्रमा नेताले अपनाउनुपर्ने सहिष्णुताको उदाहरण प्रस्तुत गरिसकेका छन्।

जितेर निश्चित पदमा पुगेपछि कायापलट गर्ने सपना आमजनलाई देखाइरहेको छ, रास्वपाले। तर, जित्नका लागि उक्त पार्टीले अपनाउने बाटो पनि देश निर्माणकै क्रम रहेको बिर्सिएको जस्तो यो निर्वाचनमा देखिएको छ। अरु पार्टी, तिनका नेता र कार्यकर्ताले सच्चिनुपर्ने बताउने पार्टीका नेता कार्यकर्ता आफैं त्यही बाटोतिर गइरहेको दृश्य दर्शनीय हुन सक्दैन।

रास्वपा र लामिछानेप्रति जतिसुकै विश्वास र समर्पणभाव भए पनि कार्यकर्ता र समर्थकले भुल्न नहुने विषय हो- उनी प्रश्नभन्दा माथि छैनन्। हिजो टेलिभिजन कार्यक्रम सञ्चालन गरेरै आएको हुनाले लामिछाने स्वयं यसप्रति थप जानकार छन्। त्यसैले लामिछानेमाथि उठ्ने प्रश्नमा चित्त नबुझे भद्र प्रतिवाद गर्ने वा कानुनी उपचार खोज्ने हक उनीसँग छ। तर, उनीमाथि उठ्ने प्रश्नलाई, उनीप्रति असहमतलाई, उनीप्रति आलोचना गर्नेहरूलाई आक्रमण गर्ने र आलोचना गर्नु नै ‘पाप हो’ भन्ने जसरी प्रस्तुत हुनु उचित होइन।

रास्वपामा रहेका केही नेता-कार्यकर्तालाई यो ‘अति‘को महसुस हुन थालेको छ। रास्वपाकै सांसद मनिष झा सार्वजनिक अपिल गर्ने अवस्थामा उक्त पार्टीका अन्य नेता-कार्यकर्ताले पुर्‍याएका छन्। अहिलेको परिस्थितिमा रास्वपाका नेता-कार्यकर्ताले अरुको कुरा सुन्ने छैनन्। आमसञ्चारलाई त सभापति लामिछानेले ‘प्रधानशत्रु’ घोषणा गरेर मैदान पसेका हुन्।

त्यसकारण मौजुदा परिस्थितिमा सोही पार्टीका सांसद तथा नेता झाकै अनुरोध पढेर अपनाइदिन रास्वपा कार्यकर्तालाई सिफारिस गरिन्छ।
झाले ट्विटरमा  ४ बुँदे अनुरोध गरेका छन् :
१) अपशब्द प्रयोग नगर्नुस् 
२) पत्रपत्रिका जलाउने काम नगर्नुस् 
३) हामी एक अर्काको प्रतिस्पर्धी हौं, दुस्मन हैन। 
४) हामी जिते पुग्छ, अरू सबै हार्न आवश्यक छैन।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १४:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
देउवाले बोलाए पदाधिकारी बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बालेनकै योजनामा आफूसहित केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्छ भनेर दबाब अभियान चलाइ... बुधबार, असोज २२, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्