• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

७० को दशकमा वैदेशिक व्यापार: ११६ खर्ब बढीको आयात मात्रै

64x64
नेपाल लाइभ बुधबार, वैशाख ६, २०८०  १३:२६
1140x725

काठमाडौं– भन्सार विभागको तथ्याङ्कअनुसार ७० को दशक (२०७०देखि २०७९ सालसम्म)मा विश्वका विभिन्न मुलुकबाट ११६ खर्बभन्दा बढीको वस्तु नेपालले आयात गरेको छ। आर्थिक वर्ष २०७०/७१ देखि चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ११६ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको विभागको तथ्याङ्क छ। 

विभागको तथ्याङ्क हेर्दा नेपाल सर्वाधिक वस्तुमा परनिर्भर बन्दै गएको देख्न सकिन्छ। ७० को दशकसम्म नेपालले एक आर्थिक वर्षमा ६ खर्ब रुपैयाँभन्दा बढी मूल्यको वस्तु आयात गरेको थिएन। त्यसयता आयात निरन्तर बढेर ७ खर्बदेखि गत वर्षसम्म आइपुग्दा तेब्बरले बढेको पाइयो।

नेपालले आर्थिक वर्ष २०६९/७० मा ६ खर्ब १ अर्ब २० करोड रुपैयाँको वस्तु आयात गरेको थियो। आर्थिक वर्ष २०७०/७१ मा ७ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँको वस्तु आयात गरेको थियो भने २०६९/७० को तुलनामा उक्त वर्ष ७.७१ प्रतिशत बढी आयात भएको देखिन्छ। यस्तै, आर्थिक वर्ष २०७१/७२ मा ७ खर्ब ८६ अर्ब १९ करोड १४ लाख ३ हजार रुपैयाँको आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ। आर्थिक वर्ष २०७२/७३ मा ७ खर्ब ७४ अर्ब ७१ करोड २२ लाख ७७ हजार रुपैयाँको आयात भएको छ। जसअनुसार आव २०७/र७२ को तुलनामा आव २०७२/७३मा १.४६ प्रतिशतले कम आयात भएको छ।

आर्थिक वर्ष २०७३/७४ मा ९ खर्ब ८४ अर्ब ३० करोड २९ लाख ४८ हजार रुपैयाँको आयात भएको थियो भने आर्थिक वर्ष २०७२/७३को तुलनामा उक्त वर्षमा २७.०३ प्रतिशतले आयात बढेको देखिन्छ। आर्थिक वर्ष २०७४/७५मा १२ खर्ब ४५ अर्ब १० करोड ३२ लाख २३ हजार रुपैयाँको आयात भएको थियो भने उक्त वर्ष आर्थिक वर्ष २०७३/७४ को तुलनामा २६.५० प्रतिशतले आयात बढेको देखिन्छ।

आर्थिक वर्ष २०७५/७६ मा १४ खर्ब १८ अर्ब ५३ करोड ५३ लाख ४३ हजार रुपैयाँको आयात भएको थियो भने उक्त वर्ष आर्थिक वर्ष २०७४/७५ को तुलानामा १३.९३ प्रतिशत आयात बढेको थियो। आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख ५३ हजार रुपैयाँको आयात भएको थियो भने उक्त वर्ष आर्थिक वर्ष २०७५/७६ को तुलनामा १५.६३ प्रतिशतले आयात घटेको थियो।

आर्थिक वर्ष २०७७/७८ मा १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रुपैयाँको आयात भएको छ भने उक्त वर्ष आर्थिक वर्ष २०७६/७७को तुलनामा २८.६६ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०७८/७९मा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँको आयात भएको थियो भने उक्त वर्ष आर्थिक वर्ष २०७७/७८ को तुलनामा २४.७२ प्रतिशतले आयात बढेको थियो। जुन आयात  हालसम्मकै उच्च हो। यस्तै, चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तासम्म १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख ३० हजार रुपैयाँको आयात भएको भने अघिल्लो वर्षको फागुन मसान्तासम्म आयात भएको तुलनामा १९.१३ प्रतिशतले कम देखिएको छ।

निरन्तर बढ्दो आयातले स्वदेशी उत्पादन घट्दै गएको छ। देशको कुल जनसंख्याको ६५ प्रतिशत कृषिमा आबद्ध हुँदा पनि कृषिजन्य वस्तुको आयात झन् बढ्दै गएको तथ्याङ्कले देखाउँछ। 

सरकारले हरेक वर्ष कृषि उत्पादन बढाउने रणनीति लिए पनि उत्पादन बढाउन पर्याप्त स्रोत तथा साधनको व्यवस्था गर्न नसक्दा नेपालको कृषि क्षेत्र पछाडि पर्दै गएको सरोकारवालाको गुनासो रहेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

यहि दशकमै नेपालले भूकम्प, नाकाबन्दी र कोरोना कहर तथा रुस–युक्रेन युद्धका कारण महङ्गी बढ्यो। २०७२ मा महाभूकम्प आयो। सोही वर्षमा नेपालले संविधान सभाबाट नयाँ संविधान जारी गर्‍यो। उक्त संविधान जारी भएपछि भारतले ६ महिना लामो नाकाबन्दी गर्‍यो।

भूकम्पले वैदेशिक व्यापार प्रभावित भएको बेला भारतले लगाएको नाकाबन्दीका कारण इन्धन आपूर्ति असहज हुँदा जनजीवन अस्तव्यस्त बन्यो। सोही वर्ष नेपालले ७ खर्ब ८१ अर्ब १४ करोड रुपैयाँको वस्तु आयात गरेको थियो। त्यसको अघिल्लो वर्ष ७ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँको वस्तु आयात भएको थियो। ७० को दशकको मध्यतिर चीनको बुहानबाट सुरु भएको कोरोना विश्वव्यापी रुपमा फैलियो। 

कोरोना संक्रमण रोक्न भन्दै २०७६ चैत ११ गते नेपाल सरकारले लकडाउन गरेपछि नेपाल र चीन जोड्ने नाका बन्द भए। त्यसपछि दुईबीचको व्यापार चौपट भयो। उत्तरी नाकामा व्यवसाय गरेर बसेका स्थानीय समेत विस्थापित भए। त्यसपछि आयात उच्च बढ्यो भने निर्यात झनै खस्किँदै गयो। 

गत असोजदेखि चीनबाट एकतर्फी मालसामान ल्याउने गरी रसुवागढी नाका खुला भएको थियो। त्यसका लागि पनि नेपाल सरकारले ठूलै प्रयास गर्नुपरेको थियो। परराष्ट्र मन्त्रालयले निरन्तर व्यापार सहजीकरण गर्न आग्रह गरेपछि २०७८ असोजमा केरुङबाट ७ ट्रक र तातोपानी नाकाबाट १० देखि १५ कन्टेनर सामान ल्याउन दिइएको थियो।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएपछि पुस १२ गते रुसुवा नाकाबाट करिब ५२ लाख रुपैयाँको ८ कन्टेनर मालसामान चीन निकासी भएको थियो। चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा नेपालको तर्फबाट गएको वाणिज्य सचिव मधु मरासिनी नेतृत्वको प्रतिनिधि मण्डल र तिब्बत स्वशासित क्षेत्र, चीनका उपाध्यक्ष म्यान सिलाङ निमासहितको प्रतिनिधिबीच मार्च २९ मा भएको वार्ताले सीमा नाका खुला गर्ने सहमति गरेको थियो।

नेपाल र चीनबीचको सहमतिअनुसार गत अप्रिल १ देखि रसुवागढी नाका दुईतर्फी खुल्यो। आगामी मे १ बाट हुम्लाको यारी नाका पनि दोहोरो व्यापार र पर्यटकका लागि खुला गर्न २ देशले सहमति गरेका छन्। 

मे १ बाटै सिन्धुपाल्चोकको तातोपानी नाकाबाट दोहोरो व्यापार खुला हुने भए पनि पर्यटकका लागि भने खुला नगर्ने भएको छ। 

यही दशकको अन्त्यतिर रुस‑युक्रेन युद्धले मूल्यवृद्धि आकासियो। खानेतेल, पेट्रोलियम पदार्थलगायतको अप्रत्यासित मूल्यवृद्धिले उपभोक्ता प्रभावित भए।

उच्च आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले बिलासी वस्तुको आयातमा प्रतिबन्ध लगायो। त्यस प्रतिबन्धले व्यापार झन् प्रभावित भयो।  विदेशी मुद्राको सञ्चिति बढेपनि राजस्व असुलीमा ठूलै प्रभाव पर्‍यो। सरकारको चालू खाता घाटामा परिणत भयो। उक्त खाता अहिले करिब ८६ अर्ब रुपैयाँ घाटामा रहेको छ। 

निर्यात निरासाजनक
आर्थिक वर्ष २०६९/७० मा ७७ अर्ब ४० करोड २२ लाख ६५ हजारको निर्यात भएको थियो। आर्थिक वर्ष २०७०/७१ मा ८९ अर्ब ६२ करोड २७ लाख २७ हजार रुपैयाँको निर्यात भएको थियो। जस अनुसार २०६९/७० को तुलनामा २०७०/७१मा ७.३१ प्रतिशतले निर्यात बढेको थियो।

आर्थिक वर्ष २०७१/७२ मा ८५ अर्ब १९ करोड ४७ लाख ५४ हजार रुपैयाँको निर्यात भएको थियो भने २०७२/७३ मा ७० अर्ब २५ करोड ४१ लाख ६५ हजार रुपैयाँको वस्तु निर्यात भएको थियो। जसअनुसार २०७१/७२ को तुलनामा २०७२/७३ मा १७.५४ प्रतिशतले कम निर्यात भएको देखिन्छ।

आर्थिक वर्ष २०७३/७४मा ७३ अर्ब ३ करोड ६२ लाख ४४ हजार रुपैयाँको निर्यात भएको थियो भने उक्त वर्ष २०७२/७३को तुलनामा ३.९६ प्रतिशतले निर्यात बढेको देखिन्छ। 

आर्थिक वर्ष २०७४/७५मा ८१ अर्ब ३५ करोड ९७ लाख ९६ हजार रुपैयाँको निर्यात भएको थियो भने उक्त वर्ष आर्थिक वर्ष २०७३/७४ को तुलनामा ११.४० प्रतिशत निर्यात बढेको थियो।

आर्थिक वर्ष २०७५/७६मा ९७ अर्ब १० करोड ९५ लाख २१ हजार रुपैयाँको निर्यात भएको थियो भन उक्त वर्ष २०७४/७६को तुलनामा १९.३६ प्रतिशतले निर्यात बढेको थियो। 

आर्थिक वर्ष २०७६/७७ मा ९७ अर्ब ७० करोड ९१ लाख ५ हजार रुपैयाँको निर्यात भएको थियो भने उक्त वर्ष ०.७९ प्रतिशतले निर्यात बढेको थियो। आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपैयाँको निर्यात भएको थियो भने उक्त वर्ष २०७६/७७को तुलनामा ४४.४३ प्रतिशत बढी हो। आर्थिक वर्ष २०७८/७९ मा २ खर्ब  ३ करोड ९ लाख ६२ हजार रुपैयाँको निर्यात भएको थियो भने उक्त वर्ष ४१.७४ प्रतिशतले निर्यात बढेको देखिन्छ। 

आर्थिक वर्ष २०७९/८०को फागुन मसानतासम्ममा १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख ९३ हजार रुपैयाँको निर्यात भएको छ। 

अघिल्लो वर्षको फागुन मसान्तासम्मको तुलनामा यसवर्ष निर्यात २९.०७ प्रतिशतले कम देखिएको छ।

७० को दशकमा आयातमा उत्साह देखिए पनि निर्यातको तथ्याङ्क निराशाजनक नै देखिन्छ। आर्थिक वर्ष २०७३/७४ सम्म निर्यात निरन्तर घटेको देखिन्छ। त्यसलाई भूकम्प र नाकाबन्दीको असरको कारण मानियो। २०७४/७५ देखि भने निर्यात केही बढेको छ। 

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार २०७८/७९ मा नेपालले २ खर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो। तर, निर्यातमा ५० प्रतिशतभन्दा बढी हिस्सा आयातित तेलको रहेकाले चालु आवमा निर्यात घट्ने देखिन्छ।

सरोकारवालाहरु ७० को दशक व्यापारी व्यवसायीका लागि कष्टकर भए पनि आयात निकै बढेको बताउँछन्।
 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १३:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकी डलरको भाउ घट्यो
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सम्बन्धित सामग्री
अमेरिकी डलरको भाउ घट्यो आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६८ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र... बिहीबार, वैशाख २४, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक अन्य समस्याग्रस्त सहकारीका ठुला ऋणीको नाममा क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ।  समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथ... बुधबार, वैशाख २३, २०८३
उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी पाण्डेले १ हजार ७९ मत पाउँदा श्रेष्ठले ७५० मत प्राप्त गरिन् । पाण्डे र श्रेष्ठबीच ३२९ मतान्तर रहेको छ । एसोसिएट समूहमा कुल १ हजार ८४... बुधबार, वैशाख २३, २०८३
ताजा समाचारसबै
तेस्रो प्रदेश भाषा दिवस, बागमतीमा आज सार्वजनिक बिदा बिहीबार, वैशाख २४, २०८३
अमेरिकी डलरको भाउ घट्यो बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बिहीबार, वैशाख २४, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्