काठमाडौं– नयाँ वर्ष २०८० लागेपछिको पहिलो दिनको कारोबारमा सेयर बजारमा २.८० अंकले गिरावट आएको छ।साताको पहिलो कारोबारको दिन समेत रहेको आइतबारको कारोबार सकिँदा सेयर बजारमा उक्त अंकको गिरावाटले नेप्से १९३१.६८ अंकमा पुगेको छ।
यस्तै, सेयर कारोबार रकम पनि १ अर्ब भन्दा तलै रहेको छ। आइतबार करिब ९७ करोड ४५ लाख माथिको मात्र कारोबार भएको छ। त्यस्तै, १३९ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ भने ७० वटा कम्पनीको भने मूल्य बढेको छ। १० वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।
आइतबार होटल तथा पर्यटन उपसूचक भने दोहोरो अंकले वृद्धि भएको छ। उक्त क्षेत्रहरूमा १५५ अंकले वृद्धि भएको छ। यस्तै, निर्जिवन बीमा कम्पनीमा १८.७९ अंक, जीवन बीमा कम्पनीमा ८.७३ अंकले वृद्धि भएको छ। यता, विकास बैंक उपसूचकमा १४.५५, लघुवित्तमा २३.३०, व्यापार उपसूचकमा २१.२८ अंकले गिरावट आएको छ।
यस्तै, आदर्श लघुवित्त, मोलुङ खोला जलविद्युत कम्पनी र कालिञ्चोक दर्शन लिमिटेडको सेयरमूल्य बढेर सकारात्मक सर्किटमा कारोबार बन्द भएको छ।
उक्त कम्पनीहरूको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको थियो। तारागाउँ रिजेन्सी होटेलको मूल्य भने ७.४३ प्रतिशतले वृद्धि भएको छ।
यस्तै, धेरै गुमाउनेमा एशियन हाइड्रोपावर, सगरमाथा जलविद्युत र महिला लघुवित्त रहेका छन्। उक्त कम्पनीहरूको सेयरमूल्यमा क्रमश: ७.४३, ६.७६ र ४.५९ प्रतिशतले गिरावट आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।