फाइल तस्बिर।
काठमाडौं– वातावरण विभागले जंगलमा लागेको डढेलोका कारण वायु प्रदूषण बढेको बताएको छ।
आइतबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोका कारण नै देशभरको प्रदूषणको मात्रा बढेको बताएका हुन्।
उनले पानी नपर्दा र हावा बहन नसक्दा प्रदूषण एकै ठाउँमा थुप्रिएको बताए। उनले स्याटलाइट इमेज हेर्दा काठमाडौं उपत्यकामा बारा, पर्सा र चितवनबाट निस्किएको धुवाँका कारण प्रदूषण बढेको बताए।
बारा, पर्सा र चितवनबाट बागमती करिडोर हुँदै काठमाडौंमा आएको हावा अन्यत्र बहन नसक्दा काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा बढेको बताए।
प्रवक्ता पौडेलले प्रदुषणको मात्रा बढेकाले सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, थप शतर्कता अपनाउनुपर्ने र सकेसम्म घरबाहिर निस्किन नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।