काठमाडौं– भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा पूर्वसासंद अतीक अहमद र उनका दाजु अशरफको गोली हानेर हत्या गरिएको छ।
उत्तर प्रदेश प्रहरीले उनीहरुलाई मेडिकल जाँचका लागि अस्पताल लैजाँदै गर्दा शनिबार राति घटना भएको हो। विभिन्न मुद्दाका आरोपी उनीहरु केही समयदेखि प्रहरी हिरासतमा थिए। गोली चलिरहेको समय उनीहरु सञ्चारमाध्यममा आफ्ना प्रतिक्रिया दिइरहेका थिए।
घटनालगत्तै मुख्यमन्त्री योगी आदित्यनाथले उच्चस्तरीय बैठक बोलाएका थिए। उनले घटनाको जाँचक लागि न्यायिक आयोग गठन गर्ने घोषणा समेत गरेका छन्।
३ जनाले गोली हानेको देखिएको छ। प्रहरीले ३ जनालाई नै नियन्त्रणमा लिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।