काठमाडौं– वसन्तपुरमा पर्यटनसम्बन्धी फोटो प्रदर्शनी जारी छ।
दुई दिनसम्म चल्ने प्रदर्शनी शुक्रबारदेखि सुरु भएको हो। नेपालको पर्यटन र जात्रा भल्किने तस्बिरहरू प्रदर्शनीमा राखिएको छ।
साथै, पर्यटन प्रवर्द्धनका लागि विभिन्न चरणमा विभिन्न कार्यक्रम पनि आयोजना भइरहेको छ। प्रदर्शनीमा ६० वटा तस्बिर राखिएको छ।
नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाली नयाँ वर्ष २०८० र नेपाल पर्यटन महोत्सवको अवसरमा नेपालका उत्कृष्ट पर्यटकीय स्थलका सुन्दरता झल्किने फोटो प्रदर्शनीमा राखिएको हो।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले आयोजना गरेको प्रदर्शनी शनिबार समापन हुनेछ। फोटोहरू स्वदेशी तथा विदेशी पर्यटकहरूले अवलोकन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।