काठमाडौं– फ्रान्समा पेन्सनको उमेर ६२ बाट बढाएर ६४ बनाएपछि विरोध सुरु भएको छ। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले यस्तो प्रस्तावमाथि हस्ताक्षर गरेपछि विरोध सुरु भएको हो।
फ्रान्सको शीर्ष संवैधानिक परिषद्ले यो परिवर्तनलाई अनुमति दिएको छ। संवैधानिक परिषद्ले यो मामलामा जनमत सर्वेक्षण गर्नुपर्ने विपक्षीको माग खारेज गरिदिएको छ।
फ्रान्समा यो निर्णयसँगै तीव्र रुपमा विरोध सुरु भएको हो। प्रदर्शनकारीहरूले कयौं स्थानमा तोडफोड र आगजनी गरेका छन्। हिंसा भड्काएको आरोपमा ११२ मानिसलाई पक्राउ गरिएको छ।
ट्रेड युनियनहरूले सरकारको उक्त निर्णयको विरोधमा अझै कडा आन्दोलनको आह्वान गरेका छन्। उनीहरुले मे १ मा सबैलाई सडकमा आउन आग्रह गरेका छन्। तर, राष्ट्रपति म्याक्रोले भने पेन्सन सिस्टम ध्वस्त हुनबाट बचाउनका लागि यस्तो सुधार गरिएको दाबी गरेका छन्।
मार्चमा सरकारले एक विशेष संवैधानिक अधिकार प्रयोग गर्दै यो नीतिको परिवर्तन गरेर लागू गर्ने घोषणा गरेको थियो। यो नियम लागू गर्दा कुनै भोटिङ गरिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।