काठमाडौं– जापानका प्रधानमन्त्री फुमियो किशिदालाई लक्षित गरेर बम प्रहार भएको छ। उनी एक र्यालीमा भाषण गर्ने तयारी गरिरहेका बेला उक्त क्षेत्रमा विस्फोटन भएको हो।
यसपछि उनी त्यहाँबाट सुरक्षित निस्केका थिए। यो घटना शनिबार बिहान पश्चिमि शहर वाकायामा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। प्रधानमन्त्री किशिदामाथि स्मोक बमले हमला गरिएको समाचारमा जनाइएको छ।
प्रहरीले उक्त स्थल खाली गराएको छ भने घटनामा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ।
एक प्रत्यक्षदर्शीले बताए अनुसार एक व्यक्ति केही फ्याँकिरहेका थिए। त्यसपछि त्यहाँ वरिपरि धुवाँधुवाँ भएको थियो।
मानिसहरुले ठूलो आवाजले विस्फोटन भएको बताएका छन्। एक रिपोर्ट अनुसार प्रधानमन्त्री किशिदालाई लक्षित गर्दै एक पाइपजस्तो वस्तु फ्याकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।