काठमाडौं– विश्व प्रसिद्ध फिल्ली क्याफेको शाखा नेपालमा पनि खुलेको छ। काठमाडौंको लाजिम्पाटमा सञ्चालनमा आएको फिल्ली क्याफेको अभिनेता राजेश हमाल लगायतले औपचारिक उद्घाटन गरे।
एनडी वटी नाइन बिजनेस ग्रुप प्रालिसँगको सहकार्यमा नवीन खड्का र ध्रुव रिजालले नेपालमा क्याफे सुरु गरेका हुन्। आगामी पाँच वर्षभित्र नेपालमा २५ वटा नयाँ आउटलेट खोल्ने तयारीसहित क्याफे खोलिएको सञ्चालक खड्काले जानकारी दिए।
फिल्ली क्याफे यूएई, ओमान, कतार, संयुक्त राज्य अमेरिका, यूके, भारत र मरीससमा विश्वभर एक प्रसिद्ध र प्रिय ब्रान्डको रूपमा स्थापित छ। अब, यो समृद्ध सांस्कृतिक सम्पदा र बढ्दो चिया संस्कृति भएको देश नेपालमा पनि विस्तार भएको हो।
फिल्ली क्याफेमा चिया अर्गानिक रूपमा उत्पादन गरिन्छ र परम्परागत तरिकामा ताजापनमन साथ बनाइन्छ। जसले चियाका पारखीहरूका लागि भ्रमण गर्नैपर्ने गन्तव्यको रुपमा अभिप्रेरित गर्ने सञ्चालक रिजालले बताए।
काठमाडौंमा स्टारबक्स वा कोस्टा कफी जस्ता कुनै पनि अन्तर्राष्ट्रिय चेनहरू छैनन्, जसले फिल्ली क्याफेलाई सहरको रोमाञ्चक गन्तव्यको रुपमा स्थापित गराउने लक्ष्य पनि लिएको छ।
चिया तथा हल्का खाजा सेवा प्रदान गर्ने फास्ट फुड क्याफेहरूको बढ्दो संस्कृति पर्यटकहरू र स्थानीयहरूको बीचमा यो विश्वव्यापी चेन बन्नका लागि अग्रसर रूपमा अघि बहिरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।