काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकहरूलाई बचत तथा मुद्दती दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले ‘सोंचे जस्तै बैंक खाता’ सञ्चालनमा ल्याएको छ।
बैंकले ल्याएको नयाँ खातामा ग्राहकहरूको ईच्छा बमोजिम तोकिएको न्यूनतम् रकम बचत खातामा रही सोभन्दा माथिको रकम लाखको गुणनमा मुद्दतिमा स्वतः परिणत हुन सक्नेछ।
यसका साथै, सोचें जस्तै बैंक खाता खोल्ने ग्राहकहरूले तीन वर्षसम्मका लागि मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा तथा भिजा डेबिट कार्डको सुविधा नि:शुल्क रुपमा प्राप्त गर्नेछन्। साथै, लकर सुविधा लिँदा पहिलो एक वर्षका लागि ५० प्रतिशत छुट पनि समावेश गरिएको छ।
ग्राहकहरूमा नियमित बचत गर्ने बानीको विकास गर्ने अभिप्रायले बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी समयसमयमा यस्ता योजनाहरू ल्याउने गरेको छ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटीएम, ३२१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।