काठमाडौं- स्वास्थ्य बीमा बोर्डले एक करोड १५ लाख ८१ हजारमा ७५२ वटा मोबाइल खरिद गरेको पाइएको छ। बोर्डले बीमा दर्ता सहयोगीलाई वितरण गर्न मोबाइल खरिद गरेको हो।
बोर्डले काठमाडौं उपत्याकामा बीमा कार्यक्रम लागू गरी दर्ता सहयोगीलाई उपलब्ध गराउन भन्दै ७५२ वटा सामसङका मोबाइल खरिद गरेको जनाएको छ। बोर्डले खरिद गरेका ती मोबाइल वितरण नगरी थन्काएर राखिएको छ।
महालेखा परीक्षकको कार्यालयले बोर्डले खरिद गरेका मोबाइलका विषयमा प्रश्न उठाएको छ। कार्यालयले उपयोग नहुने गरी खरिद गर्ने कार्यमा नियन्त्रण गर्न पनि सुझाव दिएको छ।
आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावी २०७७ को नियम ३९ र ४१ अनुसार सामानको मौज्दात गरी खरिद गर्न नहुने व्यवस्था छ। तर, बोर्डले उक्त व्यवस्था विपरीत मोबाइल खरिद गरेर थन्काएर राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।