काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औलो तथा कालाजार रोग नियन्त्रणका लागि खरिद गरेको विषादीयुक्त झुल वितरण नगरेको पाइएको छ।
मन्त्रालयले १ करोड ४१ लाख १३ हजारमा ४० हजार विषादीयुक्त झुल खरिद गरेको थियो।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार मन्त्रालयले गत मंसिर ७ गते खरिद गरेर स्टोर गरेको झुल गत फागुन २८ गतेसम्म पनि वितरण नगरेको हो। परीक्षकको कार्यालयले खरिद गरिएका उपकरण तथा स्वास्थ्य सामग्रीको प्रभावकारी व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ।
एकातिर मन्त्रालयले खरिद गरेको झुल वितरण गरिरहेको छैन तर गर्मीयाम सुरु भएसँगै कालाजारका बिरामी भेटिन थालेका छन्। जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार बाजुरामा हाल पाँच जनामा कालाजारका बिरामी भेटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।