काठमाडौं- भारतीय कांग्रेसका नेता राहुल गान्धीको ‘मोदी सरनेम’वाला मुद्दामा सुनुवाइ भएरहेको छ। गान्धीले आफूलाई दोषी करार गरेको फैसलामा पुनर्विचार गर्न दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ भइरहेको हो।
सुनुवाइमा संलग्न न्यायाधीशका विषयमा भने विवाद भइरहेको छ। सुनुवाइ गरिरहेका न्यायाधीश रबिन पल मोगेरा गृहमन्त्री अमित शाहका वकिल रहेको खुलेको छ।
उनी न्यायाधीश बन्नु पहिले गुजरातमा वकालत गर्थे। सन् २०१७ मा उनलाई जिल्ला अदालतको न्यायाधीश नियुक्त गरिएको थियो।
उनी वकिलका लागि निर्धारित २५ प्रतिशत कोटामा न्यायाधीश बनेका हुन्। वकिलका हिसाबाट उनले शाहलाई गुन लगाएका छन्।
उनले सीबाज्ञई कोर्टमा शाहका तर्फबाट तुलसीराम प्रजापतिको फेक इन्काउन्टर मामलामा मुद्दा लडेका थिए।
प्रजापतिको डिसेम्बर २००६ मा इन्काउन्टर भएका थियो। प्रजापति सन् २००५ मा भएको सोहराबुद्दीन इनकाउन्टर मुद्दामा साक्षी थिए। यी दुवै इन्काउन्टरका समयमा गुजरातका गृहमन्त्री अमित शाह नै थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।