काठमाडौं– झापाको दमक नगरपालिकास्थित दापगाछीमा निर्माणाधीन भ्यूटावर तोकिएको समयमा कार्यसम्पन्न नभएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
भ्यूटावर सञ्चालनको कार्यविधि र त्यसबाट प्राप्त प्रतिफलको सुनिश्चितता अध्ययन नभएको महालेखाको ६०औं प्रतिवेदनमा उल्लेख छ।
उक्त भ्यूटावर ५ बिघा जग्गामा ७२ मिटर उचाइ र १८ तलामा भ्यूटावर बनिरहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।
यस संरचनाको कुल लागत १ खर्ब ६६ करोड रहेकोमा १ अर्ब ४ करोड रुपैयाँ खर्च भइसकेको छ। अझै १७औं र १८औं तलाको निर्माणको काम बाँकी रहेको महालेखाले जनाएको छ।
माग तथा आवश्यकता पहिचानको आधारमा लगानीको प्रतिफल सुनिश्चित हुने गरी यस्ता आयोजना सञ्चालन गर्न समेत महालेखाले सरकारलाई निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।