काठमाडौं– बिस्का जात्राको क्रममा बिहीबार दिउँसो पोटरी स्क्वायरमा हात नभएको लिंगो (ल्योसिन्द्यो) उठाइएको छ।
बिहीबार भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट जात्राको लिंगो उठाइएको हो। प्रत्येक वर्ष वर्षको अन्तिम दिन मध्यान्हमा यसरी नै लिंगो उठाउने गरिन्छ।
यो लिंगोलाई स्थानीय टोलवासीले उठाउने गर्दछन्। डोरीको सहायताले लिंगोलाई उठाउने गरिन्छ। लिंगो उठाएको हेर्न हजारौं स्थानीयवासी पुग्ने गर्दछन्।
प्रसिद्ध बिस्का जात्राको चौथो दिन लिंगो उठाइन्छ। जात्रा २७ चैतदेखि सुरु भएको थियो। पाँचतले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमको सुरुआतसँगै जात्रा सुरु भएको थियो।
यो जात्रा हेर्न दशौं हजार मानिस जात्रास्थल पुग्ने गर्दछन्। भक्तपुरको बिस्केट जात्रा आठ रात नौ दिन लामो हुने गर्दछ। जात्रा ५ वैशाखमा सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।