काठमाडौं– दुई करोड घुस मागेको अडिओ प्रकरणपछि राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ।
मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग उनले दुई करोड रकम माग गरेको अडियो आइतबार सार्वजनिक भएको थियो।
आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई सांसदसहित पार्टीको साधारण सदस्यबाटसमेत हटाएको छ।
बैठकपछि पार्टीका सभापति रवि लामिछानेले उक्त निर्णय गरिएको बारे जानकारी दिए। यसअघि अनुशासन समितिले उनलाई कारबाही गर्न निर्देशन दिएको थियो।
आजै पनि पार्टीको बैठक बस्नुअघि सभापति लामिछानेसँग बसेका सांसद श्रेष्ठले आफूलाई फसाइएको र उक्त अडियो इडिट गरिएको दाबी गरेका थिए। पार्टीले मागेको २४ घण्टे स्पष्टीकरणमा पनि उनले उक्त अडिओ सम्पादित भएको दाबी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।