• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
कामना विकास बैंक घोटाला प्रकरण :

महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचलाउने निर्णय गरिँदै, काठमाडौं आइपुग्यो फाइल

आंशिकलाई मात्रै मुद्दा नचल्ने निर्णय हो : सहन्यायाधिवक्ता काफ्ले
64x64
नारायण अधिकारी बिहीबार, चैत ३०, २०७९  ११:३०
1140x725

काठमाडौं– कामना विकास बैंकको झापास्थित दमक शाखाको करिब २ करोड रुपैयाँ घोटाला प्रकरणको मुद्दा नचल्ने निर्णय गराउने तयारी भएको छ। प्रहरीले बैंकिङ कसुरमा अनुसन्धान सकेर मुद्दा चलाउनुपर्ने रायसहित पठाएको फाइलमा जिल्ला सरकारी वकिल कार्यालयदेखि उच्च सरकारी वकिल कार्यालयसम्म मुद्दा चलाउनु नपर्ने भन्दै निर्णय गरेका थिए।

दुई सरकारी वकिल कार्यालयबाट मुद्दा चलाउनु नपर्ने निर्णय गरिएको उक्त अनुसन्धान फाइल अहिले काठमाडौंस्थित महान्यायाधिवक्ताको कार्यालयमा आइपुगेको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। स्रोतका अनुसार उक्त फाइल महान्यायाधिवक्ता कार्यालयमा आइपुगेको २/३ दिन भइसकेको छ। तर महान्यायाधिवक्ता दिनमणि पोखरेल र टिप्पणी उठाउने सहसचिव उपत्यका बाहिर भएका कारण उक्त निर्णय भने हुन नसकेको स्रोतले जानकारी दियो।

‘कामना विकास बैंकको मुद्दा नचल्ने निर्णय गराउनेबारेको फाइल आइसकेको छ। तर अहिले सम्बन्धित मान्छे नभएकाले उक्त निर्णय भइसकेको भने छैन,’ उच्च स्रोतले नेपाल लाइभलाई जानकारी दियो। १ करोड ९२ लाख ३० हजार रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै बैंकिङ कसुरमा मुद्दा चलाउनुपर्ने भन्दै इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान सकेर फाइल दुई साताअघि जिल्ला सरकारी वकिल कार्यालय झापामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए।

‘हामीले आफ्नो काम सकेर सरकारी वकिल कार्यालयमा पठाइएको हो। त्यसपछि के कसो भयो भन्ने हामीलाई थाहा भएन’, रिजालले भने। बैंकका कर्मचारी र श्रणी गरेर ९ जनालाई प्रहरीले प्रतिवादी बनाएको थियो। त्यसमध्ये सञ्जिव निरौला, समीर कार्की र सुवास दाहाललाई भने फरार प्रतिवादी बनाइएको थियो। तर सरकारी वकिल कार्यालयले प्रहरीको प्रतिवेदन विपरित मुद्दा नचल्ने निर्णय गर्दै आफ्नो निर्णय सदरका लागि उच्च सरकारी वकिल कार्यालयमा पठाएको थियो।

गत माघ १८ गते झापा प्रहरीले कामना विकास बैंकको दमक शाखाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई पक्राउ गरेको थियो। मिलेमतोमा कमसल धितो राखेर करोडौं ऋण दिएको खुलेपछि बैंकका कर्मचारी र ऋणीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। पक्राउ परेको दुई दिनपछि नै उनीहरू हाजिरी जमानीमा छुटेका थिए।

Ncell 2
Ncell 2

राष्ट्र बैंकले छानबिन गर्दा कामनाको दमक शाखाले कमसल धितो राखेर धेरै कर्जा प्रवाह गरको खुलेपछि अनुसन्धान गरेर कारबाही गर्न भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेको थियो।

त्यसपछि सीआईबीले झापा प्रहरीलाई अनुसन्धान गरी कारबाही गर्न भनेपछि झापा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सीईओसहित चार जनालाई पक्राउ गर्दा इलाका प्रहरी कार्यालय दमकको प्रमुखमा डीएसपी दिलिप गिरी थिए। अहिले उनको ठाउँमा डीएसपी देवानन्द मिश्र आएका छन्। मिश्रले आफूले अनुसन्धान गरेर फाइल बुझाएको तर त्यसपछि के भयो भन्ने जानकारी नभएको दाबी गरे।

यता जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता वसन्त काफ्लेले भने केही व्यक्तिको हकमा मात्रै मुद्दा नचल्ने निर्णय भएको बताए। ‘प्रहरीले प्रतिवादी बनाएका सबैको हकमा नभइ केही व्यक्तिको संलग्नता नदेखिएकाले उनीहरूलाई मात्रै मुद्दा नचल्ने निर्णय गरिएको हो। अन्यको हकमा भने मुद्दा चल्ने निर्णय भएको छ’, काफ्लेले नेपाल लाइभसँग भने। तर स्रोतका अनुसार सीईओसहितका केही व्यक्तिलाई भने जोगाएर अन्यलाई मुद्दा चलाउने तयारी भएको छ। सोही अनुसार फाइल महान्यायाधिवक्ता कार्यालय आइपुगेको हो।

यसअघि पनि सेटिङमै बैंकका कर्मचारीको मिलेमतोमा साढे १४ करोडको कर्जा प्रवाह भएको भन्दै पक्राउ गरेर मुद्दा चलाइएको थियो। कामना सेवा विकास बैंकले २०७६ असारपछि एक वर्षमा सविन एण्ड ब्रोदर्श रियल स्टेटलाई चार करोड, क्रियन्स इन्जिनियरिङलाई चार करोड, आस्थालक्ष्मी सव प्रालिलाई दुई करोड ४० लाख, थापा ब्रोदर्श एण्ड कम्पनी प्रालिलाई दुई करोड ६० लाख र सुवास दाहाल नाम गरेका व्यक्तिलाई एक करोड ४० लाख ऋण प्रवाह गरेको थियो।

ऋण लिएको केही समयपछि नै किस्ता नतिरेपछि धितो मूल्यांकन गर्दा कमसल भएको रहेको खुलेको थियो। त्यसपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। उनीहरू बैंकिङ कसुरको मुद्दामा धरौटीमा रिहा भएका थिए। तर सरकारी दस्तखत कीर्तेमा बैंकका तत्कालीन कोशी प्रदेश प्रमुख सुजन छाराहाङ भने पुर्पक्षमा गएका थिए। बैंकले आन्तरिक अनुसन्धान गरेपछि मूल्यांकनकर्ता कमल नेपालले भने आत्महत्या नै गरेका थिए।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ११:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
दोहोरो अंकले घट्यो नेप्से अघिल्ला तीन कारोबार दिन लगातार बढिरहेको नेप्से बिहीबार १०.६६ अंकले घटेको हो । बुधारको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र नेप्से २ ह... बिहीबार, पुस ३, २०८२
ताजा समाचारसबै
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्