काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफ्नो भनेर मिडियामा आएको अडिओलाई सम्पादन गरिएको भनेर दाबी गरेका छन्।
बुधबार पार्टी कार्यालयमा पत्रकारसमक्ष आफ्नो धारणा संक्षेपमा राख्दै उनले आजकाल अडिओ इडिट गर्न सकिने बताए।
‘अहिले मैले बोलेको (कुरालाई) अर्को बनाएर पनि बाहिर ल्याउन सकिन्छ। ह्वाट्स् एपमा कुरा गरिएको भनिएको छ। मेरा कुराहरु कहाँ–कहाँ जोडेर मिडियामा आएको छ’, उनले भने।
उनलाई पार्टीले भने निलम्बित गरेको छ। उनले निलम्बनको प्रक्रियालाई स्वागत गरेको बताए। उनले आफू न्यायालयमा गएको र निर्दोष ठहर भएर आउने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।