• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवाको संकेत कता : गठबन्धनभित्रकै दुई वर्षपछिको सरकार कि नयाँ समीकरण? 

64x64
नवीन झा बुधबार, चैत २९, २०७९  २०:०५
1140x725

काठमाडौं– मंगलबार नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व फेरि कांग्रेसको हातमा आउने बताए। सत्तारुढ दलहरुको संयुक्त सरकार भएका कारण सोचेअनुसारको काम गर्न नसकेकाले काम गर्नका लागि कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताए।

साथै उनले कांग्रेस एक्लैलाई बहुमत प्राप्त हुनेगरी काम गर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिए। पहिलोपटक सार्वजनिक मञ्चबाट देउवाले संयुक्त सरकारबारे गरेको यो टिप्पणीका कारण सत्तारुढ गठबन्धनभित्रै अनेक आशंका उत्पन्न भएको छ। 

औपचारिक रुपमा सार्वजनिक नभए पनि यो पाँच वर्षमध्ये पहिलो दुई वर्ष माओवादी, त्यसको एक वर्ष एकीकृत समाजवादी र अन्तिम दुई वर्ष कांग्रेसले सरकारको नेतृत्व लिने गठबन्धनका दलहरुबीच आन्तरिक सहमति भएको बताइन्छ। 

तर देउवाले मंगलबार अहिलेको संयुक्त सरकारले सोचेअनुसारको काम नगरेका कारण सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने र केही समयमा त्यो अवसर आउने बताएपछि राजनीतिक वृत्तमा देउवाले दिन खोजेको संकेत के हो भन्ने बहस सुरु हुन लागेको छ। छिट्टै कांग्रेसले सरकारको नेतृत्व लिने सम्भावना सत्तारुढ दलभित्रै होला कि अहिलेको गठबन्धन भत्काएर नयाँ समीकरणमार्फत् पूरा होला भन्ने प्रश्न उब्जिएको छ। 

गत मंसिर ४ को निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेस संसदको तेस्रो ठूलाे दल माओवादी नेतृत्वको सरकारमा सहभागी छ। निर्वाचनमा माओवादी, कांग्रेस र एकीकृत समाजवादीले तालमेल गरेका थिए। यद्यपि चुनावपछि सरकार बनाउने विषयमा भने सहमति हुन नसक्दा गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको सहयोगमा सरकारको नेतृत्वमा पुगे।

तर सरकारमा एमालेसँग प्रचण्डको यात्रा दुई महिना मात्रै चल्यो। कांग्रेसलेसमेत विश्वासको मत दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डको दूरी बढ्यो। विश्वासको मतका लागि प्रचण्ड आफैंले कांग्रेससँग सहयोग मागेका थिए। सरकार बनाउँदा एमालेलाई राष्ट्रपति दिने सहमतिबाट पन्छिँदै राष्ट्रिय सहमतिको अडान लिएपछि एमाले सरकारबाट बाहिरिन पुग्यो र कांग्रेस भित्रियो।

जसको फलस्वरुप कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन सफल भयो। अहिलेको सरकारको मन्त्रिपरिषद् विस्तार भएको केही दिन मात्र भएको छ। तर देउवाको अभिव्यक्तिले गठबन्धनभित्रै मजबुत सम्बन्ध छैन भन्ने आशंका उब्जाएको छ। 

अहिलेसम्म पनि कांग्रेस–माओवादीले प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्न सकेका छैनन्। संघीय सरकारमा कांग्रेसले ८ मन्त्रालय पाउने सहमति भए पनि अहिलेसम्म चार जना मात्र सहभागी भएका छन्। प्रदेश सरकारबारे पनि अहिलेसम्म स्षप्ट सहमति हुन सकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रपति निर्वाचनलगत्तै दुवै तहका सकारलाई पूर्णता दिने भनिए पनि कांग्रेस–माओवादीसहितको गठबन्धनमा ठोस सहमति नहुँदा संघीय सरकारदेखि प्रदेश सरकारलेसमेत पूर्णता पाउन सकेका छैनन्। यस्तो अवस्थामा मंगलबार देउवाले संयुक्त सरकारप्रति असन्तुष्टि जनाउँदै फेरि कांग्रेसको हातमा सरकारको नेतृत्व आउने बताएपछि उनले गठबन्धन परिवर्तन गर्छन् कि अहिलेकै गठबन्धनभित्रबाट अवसर निकाल्छन् भन्ने प्रश्न उठेको छ।

देउवाको अभिव्यक्तिलाई लिएर पार्टीभित्रै विभिन्न विश्लेषणहरु भइरहेका छन्। अहिलेको गणितीय हिसाबमा कांग्रेसलाई नयाँ सरकार बनाउन माओवादीसहित केही दल वा एमालेमध्ये एक दलको समर्थन आवश्यक पर्छ। हिजो त्यही सरकारको नेतृत्व नपाउँदा १० वर्षसम्म गठबन्धन कायम हुन्छ भन्दै घोषणा गर्ने प्रचण्ड सरकारको नेतृत्व लिन एमालेसँग मिल्न गएका थिए। तर अब हुँदाखाँदाको सरकार सहजै कांग्रेसलाई सुम्पिन प्रचण्ड तयार हुन्छन् त? अर्कोतर्फ कांग्रेसलाई सरकारबाहिरै राख्नका लागि अनेक तिक्तताका बीच पनि प्रचण्डलाई प्रधानमन्त्री बनाएको एमाले फेरि कांग्रेसलाई नै नेतृत्व सुम्पिन तयार होला त? देउवाको प्रसंगले अहिले यी दुई प्रश्नको उत्तर खोजिरहेको छ।

हुन त प्रतिनिधि सभामा विश्वासको मत लिइरहँदा प्रधानमन्त्री प्रचण्डले आफूलाई एमालेले बैशाखसम्म मात्रै प्रधानमन्त्रीमा रहने समयसीमा दिएको प्रसंग निकालेका थिए। त्यसबेला पनि एमाले र राप्रपाले फेरि दुई महिनापछि विश्वासको मत लिनुपर्ने अवस्था नआओस् भन्दै प्रचण्डलाई चुनौतीसमेत दिएका थिए। 

अहिले राजनीतिक वृत्तमा देउवाले संयुक्त सरकार हुँदा सोचेअनुसारको काम नभएको र सरकारको नेतृत्व कांग्रेसको हातमा आउने अभिव्यक्तिलाई माथिका घटनासँग जोडेर चासोका साथ हेरिएको छ। यता देउवा निकट नेता एनपी साउद सभापतिको भनाइले अहिले गठबन्धन बाहिरको कुनै सम्भावनालाई इंगित नगरेको दाबी गर्छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘११ ओटा पार्टीको सरकार अहिले छ, स्वभाविक रुपमा हामीले भनेका सबै कुरा सरकारले कार्यान्वयन गर्ने अवस्था छैन। त्यही सन्दर्भमा सभापतिजीले संयुक्त सरकार सोचअनुसार हुन नसकिरहेको हो भन्नुभएको हो,’ साउदले नेपाललाईभसँग भने, ‘सरकारको नेतृत्वको सन्दर्भमा हामी सत्तारुढ दलहरुबीचमा एउटा सहमति भएको छ, त्यहीअनुसार अघि बढ्ने सोचमा कांग्रेस छ।’

उनले अहिलेको सत्तागठबन्धन भत्काएर नयाँ समीकरण नबन्ने दाबी गरे। ‘१० पुषमा हाम्रो दुई वर्षयताको गठबन्धन भत्किएकै हो,’ साउदले भने, ‘तर हामीले पुन: त्यही गठबन्धन नै ब्यूँताएका छौं। अन्यथा त्यतिबेला नै हामी फरक गठबन्धनको गृहकार्यमा जानसक्थ्यौं।’ 

उनले कांग्रेस र एमाले मिलेर यो संसदको कार्यकालमा सरकार बनाउने सम्भावना नरहेको पनि दाबी गरे। यद्यपि बुधबार एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस र एमाले मात्रै यो देशमा वास्तविक पार्टी भएको भन्दै राजनीतिक अस्थिरताप्रति सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए । यदि एमालेले प्रचण्डले दिएको धोकाको बदला लिन कांग्रेसलाई साथ दियो भने सत्ताका लागि नयाँ समीकरण बन्ने सम्भावना भने जीवितै देखिन्छ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला मंगलबार, असोज २७, २०८३
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना मंगलबार, असोज २७, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्