• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवाको संकेत कता : गठबन्धनभित्रकै दुई वर्षपछिको सरकार कि नयाँ समीकरण? 

64x64
नवीन झा बुधबार, चैत २९, २०७९  २०:०५
1140x725

काठमाडौं– मंगलबार नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व फेरि कांग्रेसको हातमा आउने बताए। सत्तारुढ दलहरुको संयुक्त सरकार भएका कारण सोचेअनुसारको काम गर्न नसकेकाले काम गर्नका लागि कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताए।

साथै उनले कांग्रेस एक्लैलाई बहुमत प्राप्त हुनेगरी काम गर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिए। पहिलोपटक सार्वजनिक मञ्चबाट देउवाले संयुक्त सरकारबारे गरेको यो टिप्पणीका कारण सत्तारुढ गठबन्धनभित्रै अनेक आशंका उत्पन्न भएको छ। 

औपचारिक रुपमा सार्वजनिक नभए पनि यो पाँच वर्षमध्ये पहिलो दुई वर्ष माओवादी, त्यसको एक वर्ष एकीकृत समाजवादी र अन्तिम दुई वर्ष कांग्रेसले सरकारको नेतृत्व लिने गठबन्धनका दलहरुबीच आन्तरिक सहमति भएको बताइन्छ। 

तर देउवाले मंगलबार अहिलेको संयुक्त सरकारले सोचेअनुसारको काम नगरेका कारण सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने र केही समयमा त्यो अवसर आउने बताएपछि राजनीतिक वृत्तमा देउवाले दिन खोजेको संकेत के हो भन्ने बहस सुरु हुन लागेको छ। छिट्टै कांग्रेसले सरकारको नेतृत्व लिने सम्भावना सत्तारुढ दलभित्रै होला कि अहिलेको गठबन्धन भत्काएर नयाँ समीकरणमार्फत् पूरा होला भन्ने प्रश्न उब्जिएको छ। 

गत मंसिर ४ को निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेस संसदको तेस्रो ठूलाे दल माओवादी नेतृत्वको सरकारमा सहभागी छ। निर्वाचनमा माओवादी, कांग्रेस र एकीकृत समाजवादीले तालमेल गरेका थिए। यद्यपि चुनावपछि सरकार बनाउने विषयमा भने सहमति हुन नसक्दा गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको सहयोगमा सरकारको नेतृत्वमा पुगे।

तर सरकारमा एमालेसँग प्रचण्डको यात्रा दुई महिना मात्रै चल्यो। कांग्रेसलेसमेत विश्वासको मत दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डको दूरी बढ्यो। विश्वासको मतका लागि प्रचण्ड आफैंले कांग्रेससँग सहयोग मागेका थिए। सरकार बनाउँदा एमालेलाई राष्ट्रपति दिने सहमतिबाट पन्छिँदै राष्ट्रिय सहमतिको अडान लिएपछि एमाले सरकारबाट बाहिरिन पुग्यो र कांग्रेस भित्रियो।

जसको फलस्वरुप कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन सफल भयो। अहिलेको सरकारको मन्त्रिपरिषद् विस्तार भएको केही दिन मात्र भएको छ। तर देउवाको अभिव्यक्तिले गठबन्धनभित्रै मजबुत सम्बन्ध छैन भन्ने आशंका उब्जाएको छ। 

अहिलेसम्म पनि कांग्रेस–माओवादीले प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्न सकेका छैनन्। संघीय सरकारमा कांग्रेसले ८ मन्त्रालय पाउने सहमति भए पनि अहिलेसम्म चार जना मात्र सहभागी भएका छन्। प्रदेश सरकारबारे पनि अहिलेसम्म स्षप्ट सहमति हुन सकेको छैन।

Ncell 2
Ncell 2

राष्ट्रपति निर्वाचनलगत्तै दुवै तहका सकारलाई पूर्णता दिने भनिए पनि कांग्रेस–माओवादीसहितको गठबन्धनमा ठोस सहमति नहुँदा संघीय सरकारदेखि प्रदेश सरकारलेसमेत पूर्णता पाउन सकेका छैनन्। यस्तो अवस्थामा मंगलबार देउवाले संयुक्त सरकारप्रति असन्तुष्टि जनाउँदै फेरि कांग्रेसको हातमा सरकारको नेतृत्व आउने बताएपछि उनले गठबन्धन परिवर्तन गर्छन् कि अहिलेकै गठबन्धनभित्रबाट अवसर निकाल्छन् भन्ने प्रश्न उठेको छ।

देउवाको अभिव्यक्तिलाई लिएर पार्टीभित्रै विभिन्न विश्लेषणहरु भइरहेका छन्। अहिलेको गणितीय हिसाबमा कांग्रेसलाई नयाँ सरकार बनाउन माओवादीसहित केही दल वा एमालेमध्ये एक दलको समर्थन आवश्यक पर्छ। हिजो त्यही सरकारको नेतृत्व नपाउँदा १० वर्षसम्म गठबन्धन कायम हुन्छ भन्दै घोषणा गर्ने प्रचण्ड सरकारको नेतृत्व लिन एमालेसँग मिल्न गएका थिए। तर अब हुँदाखाँदाको सरकार सहजै कांग्रेसलाई सुम्पिन प्रचण्ड तयार हुन्छन् त? अर्कोतर्फ कांग्रेसलाई सरकारबाहिरै राख्नका लागि अनेक तिक्तताका बीच पनि प्रचण्डलाई प्रधानमन्त्री बनाएको एमाले फेरि कांग्रेसलाई नै नेतृत्व सुम्पिन तयार होला त? देउवाको प्रसंगले अहिले यी दुई प्रश्नको उत्तर खोजिरहेको छ।

हुन त प्रतिनिधि सभामा विश्वासको मत लिइरहँदा प्रधानमन्त्री प्रचण्डले आफूलाई एमालेले बैशाखसम्म मात्रै प्रधानमन्त्रीमा रहने समयसीमा दिएको प्रसंग निकालेका थिए। त्यसबेला पनि एमाले र राप्रपाले फेरि दुई महिनापछि विश्वासको मत लिनुपर्ने अवस्था नआओस् भन्दै प्रचण्डलाई चुनौतीसमेत दिएका थिए। 

अहिले राजनीतिक वृत्तमा देउवाले संयुक्त सरकार हुँदा सोचेअनुसारको काम नभएको र सरकारको नेतृत्व कांग्रेसको हातमा आउने अभिव्यक्तिलाई माथिका घटनासँग जोडेर चासोका साथ हेरिएको छ। यता देउवा निकट नेता एनपी साउद सभापतिको भनाइले अहिले गठबन्धन बाहिरको कुनै सम्भावनालाई इंगित नगरेको दाबी गर्छन्। 

‘११ ओटा पार्टीको सरकार अहिले छ, स्वभाविक रुपमा हामीले भनेका सबै कुरा सरकारले कार्यान्वयन गर्ने अवस्था छैन। त्यही सन्दर्भमा सभापतिजीले संयुक्त सरकार सोचअनुसार हुन नसकिरहेको हो भन्नुभएको हो,’ साउदले नेपाललाईभसँग भने, ‘सरकारको नेतृत्वको सन्दर्भमा हामी सत्तारुढ दलहरुबीचमा एउटा सहमति भएको छ, त्यहीअनुसार अघि बढ्ने सोचमा कांग्रेस छ।’

उनले अहिलेको सत्तागठबन्धन भत्काएर नयाँ समीकरण नबन्ने दाबी गरे। ‘१० पुषमा हाम्रो दुई वर्षयताको गठबन्धन भत्किएकै हो,’ साउदले भने, ‘तर हामीले पुन: त्यही गठबन्धन नै ब्यूँताएका छौं। अन्यथा त्यतिबेला नै हामी फरक गठबन्धनको गृहकार्यमा जानसक्थ्यौं।’ 

उनले कांग्रेस र एमाले मिलेर यो संसदको कार्यकालमा सरकार बनाउने सम्भावना नरहेको पनि दाबी गरे। यद्यपि बुधबार एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस र एमाले मात्रै यो देशमा वास्तविक पार्टी भएको भन्दै राजनीतिक अस्थिरताप्रति सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए । यदि एमालेले प्रचण्डले दिएको धोकाको बदला लिन कांग्रेसलाई साथ दियो भने सत्ताका लागि नयाँ समीकरण बन्ने सम्भावना भने जीवितै देखिन्छ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
वार्ता स्थलबाट प्रदीप पौडेलले भने- विशेष महाधिवेशनले कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ उनले भनेका छन्, ‘बाध्यात्मक परिस्थितिले सृजना गरेको विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित नेपाली काङ्ग्रेसलाई अझ... मंगलबार, पुस २९, २०८२
कांग्रेस विशेष महाधिवेशनः दोस्रो दिनको बन्द सत्र सुरु, निर्वाचन समिति भंग गरी नयाँ भृकुटीमण्डपमा बन्दसत्र जारी रहँदा विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच अहिले बालुवाटारमा वार्ता चलिरहेको छ । मंगलबार, पुस २९, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात... मंगलबार, पुस २९, २०८२
ताजा समाचारसबै
वार्ता स्थलबाट प्रदीप पौडेलले भने- विशेष महाधिवेशनले कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ मंगलबार, पुस २९, २०८२
कांग्रेस विशेष महाधिवेशनः दोस्रो दिनको बन्द सत्र सुरु, निर्वाचन समिति भंग गरी नयाँ मंगलबार, पुस २९, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहको वार्ता बालुवाटारमा जारी मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्