काठमाडौं– पूर्व कुटनीतिज्ञ केशबराज झाको हत्या रहस्यमय बन्दै गएको प्रहरीले जनाएको छ। प्रहरीले उनको घरमा काम गर्ने तीन जनालाई पक्राउ गरेपनि केही तथ्य फेला पारेको छैन।
बबरमहलस्थित आफ्नै घरको बेडमा चक्कुले टाउको तथा घाँटीमा हानेर उनको हत्या गरिएको थियो। सोमबार बिहान उनको शव भेटिएको थियो। तर, कसले किन हत्या गर्यो भन्ने संकेत समेत प्रहरीले पाउन सकेको छैन।
बन्द घरभत्रि कसरी पुगे हत्यारा ?
सबैभन्दा अचम्म बन्द घरभित्र हत्याराहरु कसरी पुगे भन्ने छ। घरका सबै ढोकाहरु बन्द थिए। झा घरको भुईतलाको कोठामा सुतेका थिए। पहिलो तल्लो तथा कौसीमा रहेको झ्यालको जाली काटिएको थियो।
पहिलो तलाको झ्यालको जाली काटेर पनि प्रबेश गर्न पनि निकै कठिन देखिन्छ। अर्काेतर्फ त्यही कोठामा झाकी श्रीमती सुतेकाले त्यहाँबाटै प्रबेश गरे भन्न सक्ने अवस्था नरहेको प्रहरी अधिकारीहरु बताउँछन्।
अदालतबाट म्याद थप पोलिग्राफको तयारी
प्रहरीले घरमा काम गर्ने कान्छाराम तामाङसहित तीन जनालाई पक्राउ गरेको छ। उनीहरुलाई थुनामा राख्न अदालतले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएको छ।
घटनाको अनुसन्धान गरिरहेको अपराध महाशाखाले अभियुक्तहरुलाई पोलिग्राफ गराउने तयारी गरेको छ। झा हत्याको अनुसन्धान जारी रहेको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।