काठमाडौं– बीपी राजमार्गअन्तर्गत सिन्धुलीको खनियाखर्कमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। कमलामाई नगरपालिका–३ सिन्धुलीगढीको गेटनजिकै कार दुर्घटनामा परेको हो।
भारतीय नम्बर प्लेट बीआर०६ डिडी ०६८७को कार सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले जानकारी दिए। मंगलबार राति १२:३० बजेतिर भएको दुर्घटनामा ३ जनाको घटनास्थलमा र १ जनाको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको एसपी सिलवालले जानकारी दिए।
सिलवालका अनुसार सडकबाट खसेको कार भिरमा अड्किएको छ। बुधबार बिहानदेखि शव निकाल्न सुरु गरिएको छ।
कारमा ५ जना सवार रहेकामा १ जना घाइते छन्। घाइते तथा मृतकको पहिचान खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।