• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कानुन निर्माताबाटै दोहोरिरहन्छन् गैरकानुनी अभिव्यक्ति

64x64
डिबी खड्का मंगलबार, चैत २८, २०७९  २१:०६
1140x725

काठमाडौं-  आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न घुस बुझाउनुपर्ने भन्दै दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भयो। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग उक्त रकम मागेको अडियो सार्वजनिक भएपछि रास्वपामाथि प्रश्न उठ्न थाल्यो। 

पुराना पार्टीका नेताहरूको यस्तै हर्कतमाथि प्रश्न उठाएर उदय भएको पार्टीले वर्ष नबिताउँदै उक्त प्रकरण भोग्नुपर्‍यो, त्यो पनि उपचुनावको समयमा। आफ्ना उम्मेदवार रमेश खरेलका पक्षमा माहोल बनाउन बारा- १ पुगेका थिए सभापति रवि लामिछाने। त्यही क्रममा जानकारी पाएपछि उनले प्रतिवाद गरे। आफूहरू त्यस्तो नभएको आश्वस्त पार्न उनले उत्तेजक भाषण गरे।

जहाँ उनको गैरकानुनी अभिव्यक्ति थियो, ‘७२ को अल्टिमेटम दिएको छ। अन्य मुद्दा ७२ वर्षदेखि अल्झिएका होलान्। हामी तत्काल छानबिन गर्नेछौं। अल्टिमेटम दिएको दुई घण्टा बितिसकेको छ। ७० घन्टा बाँकी छ। ७० घण्टा सत्यतथ्य खोजेर कारबाही गरिनँ भने मलाई यही गढीमाईमा बली दिनुहोला।’ 

मानव बली गैरकानुनी मात्रै होइन, सुन्दा र भन्दा पनि ‘अशोभनीय’ लाग्ने शब्द उनले प्रयोग गरे। त्‍यति मात्रै होइन, आरोप प्रमाणित भए दोषी (ढाकाकुमार)लाई जनताको आगनमा घिसारेर ल्याउनेसमेत बताए। त्यसपछि मात्रै उनी कानुनी प्रक्रियातिर गए। उनले थपे,  ‘म कानुनी कारबाहीका लागि अनुसन्धान गर्न प्रहरीमा निवेदन दिन्छु। अख्तियारमा आफैं जान्छु। म निवेदन बोकेर आफैं जान्छु।’ 

कानुन निर्माताका रुपमा संसद् र सिंहदरबार पुगिसकेका र पुग्ने क्रममा रहेका उनले पहिलोपटक गैरकानुनी अभिव्यक्ति दिएका होइनन्। यसअघि उनले ‘टुँडिखेलमा राखेर, उडेर, घुमाएर नाकको डाँडी भाँचिनेगरि एक-एक किक हान्ने’ बताएका थिए।

यसैगरी, सांसद् तथा नेपाली कांग्रेस महामन्त्री गगन थापाले एमसीसी अनुमोदनको पक्ष लिँदै आफूलाई चारपाटा मुडेर थानकोट कटाउन भनेका थिए। २०७८ फागुनमा उनले संसद्‌मा एमाले सांसद भीम रावलको आशंकालाई खारेज गर्न उनले भनेका थिए, ‘यदि त्यस्तो भए मेरो नागरिकता खोसियोस्। सम्पत्ति खोसियोस्। काठमाडौंको सांसद हो म, चारपाटा मुडेर थानकोट कटाइयोस्। त्यसो भएन भने माननीयजी तयार हो?’

त्यही संसद्‌बाट बनाएको कानुनले कुनैपनि दोषका लागि नागरिकता खोस्ने र चारापाटा मुडेर थानकोट कटाउने वैधानिकता दिएको छैन। यदि थापाले भनेअनुसारको नहुँदा चारपाटा मुड्न खोज्ने व्यक्ति नै अपराधी करार हुने नेपाली कानुन छ। 

फाँसी नेपालको कानुन परिकल्पना गरेको  छैन। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई यो जानकारी नहुने कुरा भएन। तरपनि उनले पटकपटक आफू ‘सेरिन तयार रहेको’ बताएका छन्। तत्कालीन एमाओवादीको उपाध्यक्ष रहेकै बेलामा उनले २०६७ सालमा देश र जनताका लागि राम्रो काम गर्न खोज्दा भीमसेन थापा सेरिएर मर्नुपरेको सन्दर्भ जोड्दै आफूले पनि जनताको पक्षमा काम गर्नु अपराध हो भने आफू अर्को भीमसेन थापा हुन तयार रहेको बताएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री छँदा पनि उनले सो अभिव्यक्ति दोहोर्‍याएका थिए। तत्कालीन राष्ट्रपति रामवरण यादवसँग टकराव बढेपछि उनले २०६९ सालमा भनेका थिए- भीमसेन थापाजस्तो सिंहदरबारमै सेरिन तयार छु। तर, आत्मसमर्पण गर्दिनँ।

यसैगरी, पूर्वमन्त्री पद्‌मा अर्यालले नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी विगतदेखि नै नरहेको उल्लेख गरेको भन्दै आलोचना भयो। आफूले त्यसरी अभिव्यक्ति नदिएको भन्दै उनले खण्डन गर्ने क्रममा प्रमाणित भए सेरिन तयार रहेको बताइन्। अर्याल नै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री हुँदा उक्त भूभाग समेटिएको नक्सा समेत सार्वजनि भयो र संविधानको निशान छापमा समेत सच्याइयो। 

नेपाली कानुनले आत्महत्या अपराध मान्छ। त्यसका लागि प्रेरित गर्नेहरू समेत आत्महत्या दुरुत्साहनमा सजायका भागी हुन्छन्। त्यही कानुन बनाउनेहरूले बेला-बेला यसका पक्षमा अभिव्यक्ति दिएको पाइन्छ। वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले त्यसको ख्याल नगरी पटक-पटक आत्महत्यासँग सम्बन्धित अभिव्यक्ति दिएका छन्‍।

तत्कालीन समय कांग्रेसका कार्यवाहक सभापति रहेका पौडेलले २०७२ मा फागुन २० गते काठमाडौंका खुलामञ्चमा आफूलाई ‘आत्महत्या गरौं’जस्तै लाग्ने गरेको बताएका थिए। नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले राजनीति गर्नेहरूको आलोचना हुने गरेको भन्दै कहिलेकाहीँ त आत्महत्या गरौं जस्तो लागेको बताएका थिए।

Xtrem

Xtrem

उनले भनेका थिए- ‘कहिलेकाहीँ मिडिया र सामाजिक सञ्जालमा राजनीति गर्नेहरूलाई गाली गरेको सुन्दा मलाई आत्महत्या गरौंजस्तो लाग्छ।’

यसैगरी २०७५ वैशाख ५ गते कास्की कांग्रेसको कार्यालयमा कार्यकर्ताको गुनासो सुनेपछि पौडेलले त्यो अभिव्यक्तिलाई जोड दिए। उनले भने,  ‘त्यो भित्रैदेखि आएको अभिव्यक्ति हो।’

नेताहरूले उत्तेजना, भावना र आवेगमा यस्ता अभिव्यक्ति दिने गरेको पाइन्छ। जुन निश्चित व्यक्तिको मनोवैज्ञानिक अवस्था भन्दा पनि नेपालको सामाजिक र सांस्कृतिक प्रभावका रुपमा बुझ्नुपर्ने मनोचिकित्सक प्राडा सरोज ओझा बताउँछन्। उनी भन्छन्,  ‘यो अभिव्यक्तिकर्ताको मनोविज्ञानका दृष्टिबाट भन्दा सामाजिक मनोवृत्तिबाट नियाल्नुपर्ने विषय हो।’

कानुन निर्माण गर्नुका साथै पालना गराउन प्रेरित गर्ने निकायमा पुगेकाहरूले गैरकानुनी अभिव्यक्ति निरुत्साहित गर्नुपर्ने सर्वोच्च बारका पूर्वसचिव ऋषिराम घिमिरे बताउँछन्। ‘उहाँहरूले नै कानुन निर्माण गरेर विधि, पद्धति र प्रणाली बसाउनुभएको हुन्छ। उहाँहरूबाटै कानुनबाहिरको अभिव्यक्ति आइरहनु राम्रो होइन,’ उनले भने, 'जसले सीमा तय गर्‍यो, उसैले नाघ्ने गर्नुहुँदैन।’

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  २१:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ निरन्तर वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि गृहमन्त्री गुरुङ च्यासलस्थित एमाले पार्टी कार्यालय पुगेका हुन्। शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? एमालेको एघारौँ महाधिवेशनका बेला अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रोपटक नेतृत्वमा निरन्तरता दिने विषय प्रमुख राजनीतिक मुद्दाका रूपमा अघि... शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनको प्रशंसा गरेका छन् । शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा शुक्रबार, असोज ९, २०८३
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ शुक्रबार, असोज ९, २०८३
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्