• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवाको ‘तजबिज’मा बन्दी कांग्रेस 

64x64
नवीन झा मंगलबार, चैत २८, २०७९  १४:५५
1140x725

काठमाडौं– गत १० पुसको नाटकीय राजनीतिक परिघटनापश्चात पार्टीकै महामन्त्रीदेखि अन्य प्रभावशाली नेताहरूले प्रश्न उठाएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक डाके।

४ मंसिरको निर्वाचनको समीक्षा र समसामयिक राजनीतिबारे छलफल गर्न देउवाले पुसको तेस्रो हप्ताका लागि बैठक डाकेपछि उपसभापति पूर्णबहादुर खड्काले सामाजिक सञ्जालमा लेखेरै पार्टीबारेमा सार्वजनिक कार्यक्रमहरूमा आलोचना गर्नुभन्दा डाकिएको केन्द्रीय समितिमा गम्भीर छलफल गर्नेगरि गृहकार्य गर्न नेताहरूलाई आह्वान गरे। तर, उक्त बैठक अहिलेसम्म बसेको छैन।

पार्टी विधानमा हरेक दुई महिनामा केन्द्रीय समिति बैठक गर्ने प्रावधान भए पनि कांग्रेसले गएको भदौ ५ यता केन्द्रीय समिति बैठक गर्न सकेको छैन। ४ मंसिरमा भएको निर्वाचनको समीक्षा समेत नगरेको कांग्रेस, सभापति देउवाको तजबिजमा अल्मलिएको देखिन्छ। सभापति देउवालाई आवश्यक पर्ने राजनीतिक निर्णयका लागि उनी आफ्नो समूहमा छलफल गर्छन्। बेलाबखत कार्यसम्पादन समितिको बैठक गरेर त्यसलाई अनुमोदन गराउँछन्। 

तर, उनको अनिर्णयको बन्दीले पछिल्लो समयमा कांग्रेसले मन्त्रिपरिषद्‌मा पाएको ८ मन्त्रालयमा मन्त्री समेत पठाउन सकेको छैन। वर्तमान मन्त्रिपरिषद्‌मा अहिले कांग्रेसका चार मन्त्री सहभागी छन्। देउवाले अन्य चार नाम तत्कालै सिफारिस गर्ने मनस्थितिमा समेत नदेखिएको कांग्रेस नेताहरू बताउँछन्। 

देउवाले लिनुपर्ने कैयन् निर्णयहरू छन्, जसका कारण पार्टीका कामहरू समेत प्रभावित भएको देखिन्छ। १४औं महाधिवेशन भएको डेढ वर्ष बितेपनि देउवाले अहिलेसम्म पार्टीको कोषाध्यक्ष समेत मनोनीत गरेका छैनन्। उनीनिकट नेताहरूका अनुसार देउवाले जानेरै कोषाध्यक्षसहित १२ केन्द्रीय सदस्य मनोनीन गरेका छैनन्। देउवा अहिले आफ्नै कोर समूहभित्रै चार नेतालाई कोषाध्यक्षको प्रलोभलन दिएका बताइन्छ। विधानत: महाधिवेशनबाट सभापति निर्वाचित भएको ६ महिनाभित्रै कोषाध्यक्ष र केन्द्रीय सदस्यहरू मनोनीत गरिसक्नु पर्छ। तर, देउवाले डेढ वर्षसम्म यसलाई वास्ता गरेका छैनन्।

विधानको त्यो व्यवस्था पालना गरेको भए कांग्रेसको केन्द्रीय समिति, विभाग, समिति र आयोगले २०७९ जेठभित्र पूर्णता पाइसक्नु पर्ने थियो। कांग्रेसको १४औं महाधिवेशन २०७८ मंसिर २७ गने सम्पन्न भएको थियो। सभापति देउवा अघिल्लो कार्यकालझैं यसपटक पनि ‘यत्तिकै टार्ने’ मनस्थितिमा देखिन्छन्।

पार्टीमा मुख्य मानिने पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्डलाई समेत पूर्णता नदिएपछि देउवा पार्टीमा आलोचित हुँदै आएका छन। तर, उनले त्यसलाई खासै वास्ता गरेको देखिँदैन। 

देउवाले अहिलेसम्म अनुशासन समिति, केन्द्रीय निर्वाचन समिति, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक मात्र बनाएका छन्। देउवाले आनन्द ढुंगानालाई अनुशासन समितिको संयोजक, केन्द्रीय लेखा समिति संयोजकमा श्याम घिमिरेलाई मनोनीत गरे पनि ती समितिहरूले  पूर्णता भने पाएका छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

डेढ वर्षअघि दोस्रो कार्यकालका लागि सभापतिमा दावेदारी गर्दैगर्दा देउवाले पहिलो कार्यकालका यस्ता कमीकमजोरी नदोहोर्‍याउने  प्रतिवद्धता जनाएका थिए। तर, दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएका उनले पहिलो कार्यकालझैं पार्टीका कामहरूलाई वेवारिसे छाडेको देखिन्छ।

२०७८ फागुन ३ गते केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृ संस्थाको कार्यसमिति भंग गर्दै फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार सभापति देउवालाई दिएको थियो।

देउवाले २०७८ फागुन ९ मा नेविसंघ, तरुण दल, असार १० मा नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ र साउन २६ मा नेपाल महिला संघमा सभापति मनोनीत गरे। ती तदर्थ समितिले पनि पूर्णता पाएका छैनन्। बाँकी भ्रातृ संस्थाहरूमा नेतृत्व समेत आएको छैन।

कांग्रेस सहमहामन्त्री जीवन परियार यो वर्षको सुरुदेखि नै स्थानीय तह र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पर्न गएकाले पार्टीका कामहरू प्रभावित भएको बताउँछन्। ‘हामीले यसलाई पूर्णता दिनुपर्थ्यो। विलम्ब भएको छ। यसमा सभापतिबाहेक अरु कसैले केही चासो राखेर केही हुने वाला छैन’, परियाले भने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पार्टीको भातृ संगठनदेखि विभाग र समितिहरू प्रभावकारी भएका खण्डमा त्यसले पार्टीलाई नै फाइदा हुने भएकाले यस्ता कामहरू अलपत्र राख्नु पार्टीका लागि फाइदाजनक नभएको परियारको भनाइ छ। 

हुन त कांग्रेसले १४औं महाधिवेशनमा नेतृत्व चयनको मात्र कार्यतालिका बनाएर ६ महिनापछि पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर, हालसम्म पनि विधान महाधिवेशनको कुनै सुरसार छैन। केही समयअघि कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा अब बस्ने केन्द्रीय समिति बैठकले पार्टीको विधान महाधिवेशनको मिति तय गर्ने बताएका थिए। तर, केन्द्रीय समिति बैठक नै कहिले बस्ने भन्ने यकिन छैन। 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्