काठमाडौं– सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
घरको नक्सा पासका लागि सेवाग्राहीसँग घुस माग्दै गरेको अवस्थामा मेहतालाई अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय इटहरीबाट खटिएको टोलीले घुससहित रंगेहात पक्राउ गरेको हो।
कार्यालयका अनुसार उनलाई विराटनगर महानगरपालिका वडा नम्बर ५ पुल्चोक छेउबाट दिउँसो २० हजार रुपैयाँ घुस लिँदालिँदै नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका मेहतामाथि अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।