काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोमा बाँदरको टाउको जोडेर फेसबुकमा राखेको अभियोगमा वडासचिव पक्राउ परेका छन्।
काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो। भक्तपुरको सूर्यविनायक निवासी उनीमाथि साइबर क्राइम अन्तर्गत मुद्दा चलाइने एसपी नरेन्द्र उप्रेतीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।