काठमाडौं– मानव बेचविखन मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका गाउँपालिका–३ का ५९ वर्षीय प्रेम लामा भन्ने ओमबहादुर तामाङ रहेका छन्।
उनलाई आइतबार काठमाडौं महानगरपालिका–१५ स्वयम्भूस्थित भगवानपाउबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
उक्त मुद्दाको अनुसन्धानका क्रममा फरार रहेका उनलाई पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट पत्राचार भएकाले उनको खोजतलासका क्रममा आइतबार पक्राउ गरिएको हो। पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि काभ्रे पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।