काठमाडौं- प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ। यो नवगठित कार्यव्यवस्था परामर्श समितिको पहिलो बैठक हो।
बैठक बिहान ११ बजेदेखि संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको हो। बैठकका लागि चार वटा कार्यसूची तय गरिएको छ।
पहिलो, आजको बैठकको कार्यसूची सम्बन्धमा। दोस्रो, विषयगत समिति गठन सम्बन्धमा। तेस्रो, संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली संशोधन मस्यौदा समिति गठन सम्बन्धमा। चौथो, विविध।
प्रतिनिधि सभा नियमावली, २०७९ अनुसार गत बिहीबार कार्यव्यवस्था परामर्श समिति गठन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।