काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले दुईवटा संसदीय समितिको सभापतिमा दाबी गरेको छ। संघीय संसद सचिवालयले संसदीय समिति गठनको प्रक्रिया अगाडी बढाएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले दुईवटा समितिको सभापतिमा दाबी गरेको हो।
राप्रपका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफ्नो पार्टीले दुईवटा सभापतिमा दाबी गरेको बताए। उनले दुई सभापति आफूहरुले अनिवार्य पाउनैपर्ने बताए। राप्रपा प्रतिनिधि सभाको पाँचौ ठूलो दल र दोस्रो ठूलो प्रतिपक्षी दल भएको भन्दै उनले दुई सभापति पाउनु आफूहरुको अधिकार भएको बताए।
उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट दुईवटा समितिमा हाम्रो दाबी रहन्छ। हामीले दुईवटा पाउनैपर्छ। दशवटा समितिमध्ये हामीले दुईवटा पाउनुपर्छ। त्यो हाम्रो अधिकार पनि हो। किनकी प्रतिनिधि सभामा हामी सिट संख्याको हिसाबमा पाँचौ ठूलो दल हौं।’
उनले समितिमा सदस्यहरुलाई विषयगत ज्ञानको आधारमा पठाउनुपर्ने बताए। राप्रपाले आफ्ना प्रतिनिधि सभा सदस्यहरुलाई विषयगत ज्ञान र दक्षताको आधारमा सम्बन्धित समितिमा पठाउने पनि उनले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।