काठमाडौं– चोरी तथा डाँकासम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काभ्रेको सिम्ले गाउँपालिका–६ घर भइ काठमाडौं बौद्ध बस्ने १९ वर्षीय राज तामाङ, दोलखा कालिन्चोक गाउँपालिका–२ घर भइ भक्तपुर व्यासी बस्ने १९ वर्षीय सुजन बुढाथोकी, रौतहट घर भइ काठमाडौं चावहिल बस्ने २० वर्षीय अजय कुमार र पर्सा जर्गनाथपुर गाउँपालिका–२ घर भइ काठमाडौं पेप्सिकोला बस्ने १९ वर्षीय जलि आलम मियाँ रहेका छन्।
प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले मोटरसाइकल चोरी गरी बिक्री गर्ने कार्यमा संलग्न रहेका उनीहरूलाई चोरी गरेको ८ थान मोटरसाइकलसहित पक्राउ गरेको हो।
उनीहरु उपर चोरी तथा डाँका मुद्दामा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।