काठमाडौं– सिद्धार्थनगर नगरपालिका भैरहवाका तत्कालीन कम्प्युटर अधिकृत प्रभात ज्ञवालीको शैक्षिक प्रमाणपत्र नै नक्कली रहेको विशेष अदालतले ठहर गरेको छ।
विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले ज्ञवालीलाई दोषी ठहर गरेको हो।
ज्ञवालीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ वैशाख २ गते मुद्दा दायर गरेको थियो।
ज्ञवालीले बढुवा हुने क्रममा पेस गरेको भारतीय शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो।
उनको माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय, बाराणसी, भारतबाट नक्कली झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरी कम्प्युटर (प्राविधिक) र अधिकृत द्वितीय (प्राविधिक) पदबाट सहायक स्तर प्रथम तह (नासु) कम्प्युटर अपरेटर र अधिकृत छैठौं (प्राविधिक) कम्प्युटर अधिकृत पदमा गरी दुई पटकसम्म बढुवा भएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।