काठमाडौं- नक्कली विज्ञापन गरेर अनलाइनमार्फत ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा जुम्लाको सिमिकोट गाउँपालिका–४ घर भई भक्तपुर, बालकोट बस्दै आएका २४ वर्षीय उपेन्द्र शाहीलाई पक्राउ गरेको हो।
हाम्रो बजार डटकम नामक अनलाइनमा आइफोन १४ प्रोम्याक्स जस्ता मोबाइहरु किन्ने व्यक्तिहरु सम्पर्कमा आएमा मोबाइलको मूल्य, डेलिभरी चार्ज, कुरियरजस्ता प्रयोजनमा रकम लाग्ने भन्दै बैंक खातामा रकम हाल्न लगाएर ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।
उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।