काठमाडौं- वैदेशिक रोजगारीमा गएकाहरु मृत्यु भएपछि पाउने बीमा वापतको रकममा ठगी गरेको प्रकरणमा थप दुई जना (जुनियर अधिकृत र नासु) लाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ घर भई वैदेशिक रोजगार बोर्डमा नासु पदमा कार्यरत कम्युटर अपरेटर ३६ वर्षीय पशुपति अधिकारी र भक्तपुरको चागुँनारायण नगरपालिका–४ बुढाथोकी गाउँबस्ने सूर्यज्योति जीवन बीमा कम्पनीका जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी छन्।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले पक्राउ गरेको हो। यसअघि चैत २३ गते यही प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो।
वैदेशिक रोजगारीमा गएकाहरुले पाउने बीमा वापतको रकममा उनीहरुले पीडितको परिवारलाई थोरै रकम दिएर बाँकी रकम आफूहरुले लिएर ठगी गर्ने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।